फेरि पक्राउ परे रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पुनः शुक्रवार साँझ पक्राउ परेका छन्।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको थियो ।
उच्च अदालत तुलसीपुरले आदेश दिएको केही समयमा नै प्रहरीले लामिछानेलाई उनको काठमाडौँ बुढानीलकण्ठ स्थित निवासबाट पक्राउ गरेको हो।
उच्च अदालतले सहकारी ठगी र सङ्गठित अपराध सम्वन्द्धि जिल्ला अदालत रुपन्देहीको एक मुद्दा उल्टाउँदै थुनामा पठाउन भनेको थियो।
जिल्ला अदालतले सहकारी ठगी मुद्दामा लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
प्रहरीले पक्राउ गर्नु अगाडि लामिछानेले आफू गिरफ्तारी दिन तयार रहेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए। त्यस लगत्तै साँझ नौ बजे उनी पक्राउ परेका हुन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। लामिछानेलाई रुपन्देही लगिने जनाइएको छ।