तीनकुने प्रदर्शनमा सहभागी थप ४१ जना पक्राउ

काठमाडौँ । चैत्र १५ गते शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीहरूको तर्फबाट भएको प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्नेहरूमध्ये थप ४१ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँ सोमबार सूचना जारी गर्दै पक्राउ पर्नेहरूको सूची सार्वजनिक गरेको हो।
उनीहरूलाई राज्य विरुद्धको कसुर र सङ्गठित अपराध सम्बन्धी कसुर अन्तर्गत ११ जनालाई पक्राउ गरिएको हो। यस्तै बाँकीलाई आपराधिक उपद्रव र सङ्गठित अपराध सम्बन्धी कसुर अन्तर्गत पक्राउ गरिएको प्रहरीले जनाएको छ।
शान्तिपूर्ण रुपमा गर्ने भनिएको आन्दोलनमा अराजकता बढ्दा एक पत्रकार सहित दुई जनाको निधन भएको थियो। भीडले कान्तिपुर र अन्नपूर्ण पोष्टमा पनि आक्रमण गरेको थियो। यस्तै निजी सम्पत्तिमा पनि आगजनी भएको थियो।
आन्दोलनका कमान्डर भनिएका विवादित मेडिकल व्यावसायी दुर्गा प्रसाईँले निषेधित क्षेत्र तोड्ने भन्दै प्रहरी माथि गाडि कुदाउन खोज्दा अवस्था खराब हुन पुगेको थियो।
प्रसाईँ भने अहिले फरार छन्।