जनकपुरधाममा माछा मासु, मादक पदार्थ विक्री तथा सेवनमा निषेध
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रको विभिन्न स्थानमा माछा, मासु र मादक पदार्थ बिक्री वितरण तथा सेवन निषेध गरेको छ ।
मंगलबारदेखि सुरु हुन लागेको १५ दिने मिथिला माध्यमिकी परिक्रमालाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै परिक्रमा निस्किने क्षेत्रहरूमा फागुन १५ गते माछा, मासु र मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ ।
निषेध गरिएको क्षेत्रहरूमा हनुमान गढी, रामपुर, सिक्स लाइन, बाबा पेट्रोल पम्प, भूतही पोखरीलगायत रहेका छन् ।
फागुनको औँसीदेखि पूर्णिमासम्म चल्ने मिथिला माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारतको बिहार प्रान्तको सीमावर्ती क्षेत्र अवस्थित धार्मिक ऐतिहासिक र सांस्कृतिक स्थलहरूको ९० किलोमिटर र सीमावर्ती क्षेत्र भारतको ३० किलोमिटर गरी १ सय २० किलोमिटर भू–भाग साधु सन्त लगायत भक्तजनले पैदल यात्रा गर्ने गर्दछन् ।