१५ वर्षको इतिहासमै अमेरिकी सीमामा कम अवैध आप्रवासी पक्राउ
पेन्सिल्भेनिया/ राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको दोस्रो महिनामा सीमा अवैध आप्रवासी पक्राउ १५ वर्षकै न्यून बिन्दुमा पुगेको छ अधिकारीले बताएका छन्।
अमेरिकी गृह सुरक्षा विभाग सार्वजनिक मामिला कार्यालय सोमबार जारी गरेको विज्ञप्तिमा जम्मा दुई सय अवैध आप्रवासीको सामना गर्नु परेको उल्लेख छ।
‘भन्सार तथा सीमा सुरक्षा (सीबीपी) ले अमेरिकी दक्षिणी सीमामा केवल दुई सय विदेशीहरूको सामना गरेको छ। यो १५ वर्षभन्दा बढी समयको अवधिमा एक दिनमा सबैभन्दा कम अंक हो। गृह सुरक्षा मन्त्री नोएमले शनिबार घोषणा गरिन।’ विज्ञप्तिमा भनिएको छ।
मन्त्री नोएमले अवैध आप्रवासीहरूलाई बाहिर रहन चेतावनी दिँदै राष्ट्रव्यापी र अन्तर्राष्ट्रिय विज्ञापन अभियान सुरु गरेको केही दिनपछि यो परिणाम आएको जनाइएको छ।
‘राष्ट्रपति ट्रम्प र मन्त्री नोएमले अवैध आप्रवासीहरूलाई स्पष्ट सन्देश पठाएका छन्: हाम्रो देशमा नआउनुहोस्। तपाईँलाई भित्र जान दिइने छैन। र यदि तपाईँ भित्र पस्नुभयो भने, हामी तपाईँलाई खोज्नेछौँ र देश निकाला गर्नेछौं।‘भन्ने सन्देश बोकेको विज्ञापन अभियान चलाइएको सीबीपीले जनाएको छ।’