ट्रम्प र मस्कको नीतिले विश्वव्यापी मञ्चमा अमेरिकी प्रभाव कम गर्नेमा चिन्ता

वासिङटन/अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआईडी) लक्षित राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिले विश्वव्यापी मञ्चमा अमेरिकी प्रभाव कम हुनेमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।
ट्रम्प प्रशासनले अमेरिकी सरकारको मुख्य विदेशी सहायता एजेन्सीलाई राज्य विभागमा गाभ्ने योजना बनाएको बताइएको छ । युएसएआईडीका कर्मचारीलाई सोमबार घरमै बस्न भनिएको बीबीसीले जनाएको छ।
विदेश मन्त्री मार्को रुबियोले पत्रकारहरूलाई भने कि उनी अब युएसआइडीको कार्यवाहक प्रमुख हुन्, जुन एजेन्सीले विश्वभर अरबौं डलर सहायता वितरण गर्दछ।
डेमोक्र्याटिक सांसदहरूले यसलाई “अवैध, असंवैधानिक” कदम भनेका छन् ।
उनीहरुले ट्रम्प प्रशासनको नीतिले विदेशमा रहेका गरिब मानिसहरूलाई हानि पुर्याउने, राष्ट्रिय सुरक्षालाई हानि पुर्याउने र विश्वव्यापी मञ्चमा अमेरिकी प्रभाव कम गर्ने बताएका छन्।
“यो हाम्रा विरोधीहरूलाई उपहार मात्र होइन, यो स्पष्ट रूपमा गैरकानूनी छ,” मेरील्याण्डका सिनेटर क्रिस भ्यान होलेनले भनेका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका शीर्ष सल्लाहकारहरू मध्ये एक, अर्बपति एलोन मस्कले युएसएआइडीको कडा आलोचना गरेका छन्।
सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले “कट्टरपन्थी वामपन्थी पागलहरू” द्वारा सञ्चालित एजेन्सी “जबरदस्त ठगी” बाट उम्किरहेको आरोप लगाए। तर राष्ट्रपतिले पूर्ण विवरणहरू भने सार्वजनिक गरेनन।
युएसएआईडी १९६१ मा राष्ट्रपति जोन एफ केनेडीद्वारा स्थापित भएको हो। यसमा लगभग दश हजार कर्मचारीहरू भएको बताइएको छ। अमेरिकी सरकारको कुल ६८ अर्ब डलरको वैदेशिक सहायता खर्चमध्ये लगभग ४० अर्ब डलरको बजेट युएसएआईडी मार्फत खर्च गर्छ ।
विदेशमन्नीले युएसएआईडीलाई “पूर्ण रूपमा अनुत्तरदायी एजेन्सी” भने। “तिनीहरू अमेरिकी विदेश नीतिको हिस्सा हुनेछन्, तर यो अमेरिकी विदेश नीतिसँग मिल्दोजुल्दो हुनुपर्छ,” उनले भने । ट्रम्प प्रशासनले अब युएसएआईडीमा कस्तो परिवर्तन हुने र त्यो कसरी लागू गर्ने योजना बाहिर ल्याएको छैन।