संघीय बजेट रोक्ने निर्णयबाट ट्रम्प पछि हटे
वासिङ्गटन/ ह्वाइट हाउसले संघीय अनुदान र ऋण फ्रिज गर्ने पत्र खारेज गरेको जनाएको छ।
ह्वाइट हाउसले संघीय अनुदान खारेज गर्ने निर्णयले लाखौँ जनतामा व्यापक आतङ्क फैलिएको भन्दै निर्णय बाट पछाडि हटेको जनाएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको र व्यवस्थापन तथा बजेट कार्यालय (ओएमबी) द्वारा जारी गरिएको पत्र लागु हुनु भन्दा केही घण्टा अगाडि, मंगलबार न्यायाधीशले अस्थायी रूपमा रोक्न आदेश दिएका थिए।
बुधबार जारी गरिएको नयाँ पत्रमा ” ओएमबी पत्र एम-२५-१३ रद्द गरिएको छ” भनिएको छ।
आक्रामक रूपमा आदेश जारी गर्दै आएका राष्ट्रपति ट्रम्प यस प्रकरणमा किन पछाडि हटे भन्ने उल्लेख गरिएको छैन।















