अमेरिकामा बन्द भयो टिकटक

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ सामाजिक सन्जाल टिकटक अमेरिकामा बन्द भएको छ।
शनिवार साँझबाट टिकटकको एपमा “माफ गर्नुहोस्, टिकटक अहिले उपलब्ध छैन।‘ भन्ने देखाएको छ।
एपमा अगाडि भनिएको छ, ‘अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने कानून बनाइएको छ। दुर्भाग्यवश, यसको अर्थ तपाईँले अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न।‘ भनिएको छ।
साथै राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ पछि टिकटक फर्कन सक्ने सम्भावना पनि एपको सूचनामा देखाइएको छ।
‘हामी भाग्यमानी छौँ कि राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेपछि टिकटक पुनर्स्थापित गर्ने समाधानमा हामीसँग काम गर्ने सङ्केत गर्नुभएको छ। कृपया सम्पर्कमा रहनुहोस्!’ भनिएको छ।
बाइडेन प्रशासनले जुलाई १९ तारिख देखि अमेरिकालाई नबेचेमा टिकटक बन्द गर्ने गरि बनाएको कानुनलाई शुक्रवार सर्वोच्च अदालतले समर्थन गरेको थियो।