अर्को वर्ष देखि ह्यारिसबर्गका सबै गुरुङलाई एकै ठाउँमा ल्होसार मनाउने वातावरण बनाउँछु : अर्जुन गुरुङ

ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ भुट्नीज गुरुङ कम्युनिटी अफ ग्रेटर ह्यारिसबर्ग पेन्सिल्भेनियाका नवनिर्वाचित अध्यक्ष अर्जुन गुरुङले आगामी वर्ष देखि यस क्षेत्रमा रहेका सबै गुरुङहरूलाई एकै ठाउँमा ल्होसार मनाउने वातावरण बनाउने बताएका छन्।
ह्यारिसबर्गमा आइतबार आयोजित बृहत् तमु ल्होसारको समापनमा धन्यवाद मन्तव्य व्यक्त गर्दै नव निर्वाचित अध्यक्ष अर्जुनले सो धारणा राखेका हुन्।
‘तपाईँहरूले साथ सहयोग दिनु भयो भने ह्यारिसबर्गमा गुरुङहरूको इतिहास कोर्ने कोसिस गर्ने छु।‘ पदभार ग्रहण पछिको पहिलो मन्तव्यमा अध्यक्ष अर्जुनले भने, ’हिजो अस्ति मात्र ह्यारिसबर्गमा दुई वटा ल्होसार भयो यसमा मलाई दुख लागेको छ दुई वटा ल्होसार भयो के कारण हाम्रो होम टाउनमा दुई वटा ल्होसार हुँदै छ हामी सोच्नु पर्ने जरुरी छ।‘
‘अर्को साल देखि हामी दुई वटै टिमले एकै ठाउँमा ल्होसार मनाउने भन्ने मेरो पहल रहन्छ।‘ अध्यक्ष अर्जुनले भने, ‘हाम्रा दिदी बहिनी बाबु आमालाई यता तान्ने उता तान्ने भइरहेको छ। हामी लामा गुरुहरू मिलेर हामी एकताबद्ध भएर जाने छौ।‘
नव निर्वाचित अध्यक्ष अर्जुन गुरुङको मन्तव्य