नर्थ क्यारोलाइनाका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई ट्रम्पको शपथ ग्रहण पूर्व नै अमेरिका फर्कन आग्रह
पेन्सिल्भेनिया / नर्थ क्यारोलाइन राज्यमा सञ्चालित प्राय सबै विश्वविद्यालय तथा क्याम्पसहरूले आफ्ना अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कार्यकालको शपथ ग्रहण पूर्व नै अमेरिका फर्कन आग्रह गरेका छन् ।
फल सेमेस्टर सकेर क्रिसमस तथा नयाँ वर्ष मनाउन घर गएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई सम्बन्धित विश्वविद्यालय र क्याम्पसले सूचित गरेका हुन् ।
ट्रम्पले आगामी २० जनावरीको मध्यान्न बाट ४७ औँ राष्ट्रपतिको कार्यकाल समाह्वाने छन् । पहिलो कार्यकालको पहिलो दिनमा नै ट्रम्पले कार्यकारी आदेश जारी गर्दै विश्वका केही राष्ट्रका नागरिकहरू माथि अमेरिका प्रवेशमा रोक लगाएका थिए ।
यसो त ट्रम्पले ह्वाइट हाउस समाले लगत्तै आप्रवासन नीतिमा प्रभाव पार्ने केही कार्यकारी आदेश जारी हुने प्राय निश्चित बताइँदै आइएको छ। यही अवस्थालाई आङ्कलन गर्दै नर्थ क्यारोलाइनका विश्वविद्यालय तथा क्यम्पसहरुले आफ्ना अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्प्रीग सेमेस्टर २०२५ सुरु हुन भन्दा एक हप्ता पहिल्यै नै विश्वविद्यालय तथा क्याम्पसमा आउन सूचित गरेका हुन् ।
नर्थ क्यारोलाइना राज्यका विश्वविद्यालय तथा क्याम्पसमा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या निकै ठुलो छ । नानप्रफिट एसोसिएसन अफ इन्टरन्यासनल एजुकेटर (एन.ए.एफ.एस.ए.) को एक रिपोट अनुसार शैक्षिक वर्ष २०२३/२४ मा नर्थ क्यारोलाइना राज्यका सम्पूर्ण क्याम्पस तथा विश्वविद्यालयमा २४ हजार ४ सय ६८ अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययन गरेको देखाउँछ ।
उक्त विद्यार्थीहरू बाट ९ सय १४ दशमलव ५ मिलियन अमेरिकी डलर अमेरिकी अर्थतन्त्रमा आएको छ । फल २०२४ को सेमेष्टरमा युएनसी चापल हील मा १ सय १३ राष्ट्रबाट ३ हजार ३ सय ५८ अन्तर्राष्ट्रिय विद्यार्थी, युएनसी सार्लोट मा ९० देशका २ हजार र डेभिडसन कलेजमा २ सय १ देशका २ हजार ८० विद्यार्थी अध्ययनरत थिए । डुक विश्वविद्यालयमा करिब ५ हजार अन्तर्राष्ट्रिय विद्यार्थी छन् ।
अमेरिका भरमा ११ लाख २६ हजार ६९० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू रहेको २०२४ को रिपोट अन एजुकेसनल एक्सजेञ्जको आँकडाले देखाउँछ ।