डा.कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रममा सम्बोधन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बेलायतको संसद्(वेस्ट मिनिस्टर) मा सम्बोधन गर्ने भएका छन् ।
उनले यही १३ जनवरी २०२५ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्न लागेका हुन् ।
संसद्को त्यो कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्य मन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहने छ ।
नेता कोइराला बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदै छन् ।
बेलायतको संसद् भवन भित्र यसरी त्यहाँका मन्त्री र सांसदलाई संवोधन गर्ने अवसर पाउने शेखर कोइराला पहिलो नेपाली नेता हुन् ।