रवि बिनाको रास्वपा बैठक: संगठनलाई कसरी बलियो बनाउने भन्नेमा छलफल
काठमाडौँ । आफ्ना संस्थापक सभापति रवि लामिछाने विना बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को केन्द्रीय समितिको बैठकमा संगठनलाई कसरी बलियो बनाउने भन्नेमा छलफल भएको जनाइएको छ।
रास्वापा सभापति लामिछाने सरकारी ठगी लगायतको आरोपमा प्रहरी हिरासतमा छन्। रास्वपाको बैठक शनिवार देखि काठमाडौँमा शुरु भएको हो।
‘समसामयिक राजनीतिक विषयको बारेमा छलफल र विभिन्न प्रदेशबाट सभापति र महामन्त्रीले रिपोर्टिङ दिने काम सम्पन्न भएको छ ।’ पार्टी केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सभापति राजन गौतमले भने।
बैठक समसामयिक राजनीतिक विषय र स्थानीय तह उपनिर्वाचनमा भएका कमी कमजोरीहरू सहित आत्मालोचना र आत्म समीक्षा गर्ने काम भयो गौतमले भने।
उनले भने, ‘आजको बैठकमा समसामयिक राजनीतिक विषयको बारेमा बृहत् छलफल गरेका छौ । विभिन्न प्रदेशबाट सभापति र महामन्त्रीले रिपोर्टिङ दिने काम भयो, मंसिर १६ मा सम्पन्न भएको स्थानीय तह उपनिर्वाचनमा भएका हाम्रा कमी कमजोरीहरू सहित आत्मालोचना र आत्म समीक्षा सहित अगामी दिनमा पार्टीलाई कसरी बलियो बनाउने र जनता माझ कसरी जाने भन्ने विषयमा छलफल भयो ।’
यस्तै, संगठनलाई कसरी बलियो बनाउने भन्ने विषयमा पनि छलफल भएको उनको भनाई छ ।