सहकारी ठगी आरोपमा वडाध्यक्ष न्हुच्छेबहादुर पक्राउ

काठमाडौं । ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको निक्षेप अपचलन गरेको आरोपमा काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रागिरि नगरपालिका–१२ घर भएका ५६ वर्षीय महर्जन सो सहकारीको कोषाध्यक्ष हुन् ।
अदालतबाट पक्राउ पुर्जी आएपछि उनी फरार थिए ।
महर्जनलाई बबरमहलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।