स्वास्थ्य र शिक्षा निःशुल्क भए भ्रष्टाचारबाट मुक्ति पाइन्छ : मन्त्री खड्गी
भक्तपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले भ्रष्टाचार मुक्त गर्न स्वास्थ्य र शिक्षा निःशुल्क गर्नु पर्ने बताइएकी छिन् ।
श्री पद्यम माध्यमिक विद्यालयको १०१ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले समाजको भ्रष्टाचारको जड भनेको स्वास्थ्य र शिक्षा सँग जोडिएर आउने बताइन् । आफ्ना बालबालिकालाई महँगो र राम्रो स्थानका पढाउन चाहनु र स्वास्थ्यका लागि भौँतारिनु पर्दा पनि भ्रष्टाचार मौलाएको बताउँदै यसको निराकरणका लागि बागमती प्रदेशले निःशुल्क शिक्षाका लागि काम गर्दै आएको उनले बताइन् ।
भविष्य निर्धारण गर्ने भनेको कलम किताबले नै हो सोही कारण यसलाई निःशुल्क बनाउन हामी लागी परेका छौँ उनले भनिन् ।
मन्त्री खड्गीले हाल सिक्दै कमाउँदै कार्यक्रम लागु गर्न लागेको समेत बताउँदै नेपाली विद्यार्थीलाई विदेशी न रोक्न पनि पढ्दै कमाउँदै कार्यक्रम थालनी गरिएको बताउनुभएको उनको भनाई थियो ।
ए बा ए आमा पैसा चाहियो भन्ने जमानाका विद्यार्थी अव छैनन् अव मैले आफैले कमाएर पढ्न सके हुन्थ्यो भन्ने छ । यसका लागि कार्यविधि समेत बनी सकेको उनले बताइन् ।
प्रादेशिक विश्व विद्यालयको लागि समेत काम गर्दै आएको उनले जानकारी दिइन् । चलायमान कलेजहरूमा नै यो लागु गरिने समेत उनले बताइन् ।













