रास्वपाले दोस्रो चरणको आन्दोलन गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको छ । गत कात्तिक २ गते सहकारी रकम ठगीको आरोपमा पक्राउ परेपछि पहिलो चरणको आन्दोलन गरेको रास्वपाको शनिबार बसेको बैठकले दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो ।
शनिबार काठमाडौंमा बसेको रास्वपाको बैठकले पार्टी सभापति लामिछानेबिरुद्ध गरिएको कारवाही राजनीतिक प्रतिशोध भएको र रास्वपालाई राजनीतिक निषेध गर्नका लागि फसाउने काम भएको भन्दै दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको जनाइएको छ ।
राज्यको दमनकारी नीतिको बिरोध र साझा मुद्दाहरुका बिषयमा ध्यानाकर्षण गराउन दोश्रो चरणको आन्दोलन गर्न लागिएको रास्वपा सांसद सोविता गौतमले जानकारी दिइन् ।
केन्द्रिय समितिको शनिबारको बैठकले गत माघमा प्रधानमन्त्रीलाई बुझाएको सहकारी समस्या समाधान सम्बन्धी प्रतिवेदनलाई आधार मान्दै पिडितहरुको सरोकारलाई सम्बोधनका लागि पार्टीका सम्बन्धीत पालिका संरचनाहरुले आफ्नो क्षेत्रमा सहकारी नियमनको अवस्था यकिन गरि कार्ययोजना बनाइ पीडितहरुको सरोकार बमोजिम बचत रकम फिर्ता गराउन दवावमूलक कार्यक्रमहरुको अगुवाई गर्ने निर्णय पनि गरेको गौतमले बताइन् ।