आरोप-प्रत्यारोपमा सीमित ह्यारिस र ट्रम्पबीच पहिलो बहस

पेन्सिल्भेनिया । अमेरिकाको उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलवार राति पहिलो प्रत्यक्ष बहस भयो। एबीसी न्यूजले आयोजना गरेको यो बहस, राष्ट्रपति जो बाइडेन र ट्रम्पबीचको पहिलो बहसपछि सन् २०२४ को राष्ट्रपतीय निर्वाचनसम्बन्धी दोस्रो बहस थियो। यस पटकको बहसमा ह्यारिस र ट्रम्पबीच अर्थव्यवस्था, आप्रवासन, गर्भपतन, प्यालेस्टिनी–इजरायली द्वन्द्व, युक्रेन सङ्कट, र अमेरिकाको विदेश नीति जस्ता महत्त्वपूर्ण विषयमा प्रत्यक्ष संवाद भयो।
अर्थव्यवस्था र मुद्रास्फीति: आरोप र तथ्यहरूको लडाइँ
बहसको केन्द्रमा रहेको अर्थतन्त्रको विषयमा दुबै नेताहरूले एकअर्कामाथि तीखा आरोपहरू लगाए। ह्यारिसले ट्रम्पको प्रशासनले अमेरिकी अर्थव्यवस्थालाई ‘‘महामन्दीपछिको सबैभन्दा खराब बेरोजगारी’’मा पुर्याएको आरोप लगाइन्। उनले आफ्नो योजनामा साना व्यवसायहरूलाई ५० हजार डलर कर छुट र प्रत्येक कर तिर्ने उमेरका बच्चाहरूका लागि ६ हजार डलर कर छुट दिने घोषणा गरिन्।
ट्रम्पले भने बाइडेन प्रशासनमाथि उच्च मुद्रास्फीतिको सुरुवात गरेको आरोप लगाउँदै २१ प्रतिशतसम्मको मुद्रास्फीतिको दाबी गरे। ह्यारिसले यसलाई अस्वीकार गर्दै मुद्रास्फीति हाल २.९ प्रतिशत रहेको र बाइडेन प्रशासनले यसलाई नियन्त्रणमा ल्याएको तर्क गरिन्।
संविधान जारी हुनुमा नेम्वाङको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री
आप्रवासन र समाजिक न्यायको विषयमा विवाद
आप्रवासनको मुद्दामा ट्रम्पले आप्रवासीहरूलाई नकारात्मक रूपमा चित्रण गर्दै उनीहरूले अमेरिका आउँदा धेरै समस्याहरू निम्त्याएको दाबी गरे। उनले ती आप्रवासीहरूलाई “कुकुरको मासु खाने” भनेपछि विवाद बढ्यो। ह्यारिसले ट्रम्पको यस्तो धारणा आप्रवासी समुदायमाथि विभेदकारी भएको र धनी वर्गलाई मात्र प्राथमिकता दिने नीति लिएको आरोप लगाइन्।
उपसभामुखलाई हटाउने तयारी, सांसदहरुको हस्ताक्षर संकलन
विदेश नीति र युद्ध: युक्रेन र इजरायल-प्यालेस्टाइन मुद्दामा तर्क
विदेश नीतिमा, ह्यारिसले ट्रम्पलाई विश्वभरिका नेताहरूले “हास्य पात्र” मानेको आरोप लगाउँदै, ट्रम्पले तानाशाही शासकहरूलाई मात्र प्रभावित पार्न खोजेको भनिन्। ट्रम्पले भने आफ्नो नेतृत्वमा युक्रेन–रूस युद्ध रोक्न सकिने दाबी गरे। उनले ह्यारिसलाई ‘दूत’ को रूपमा पठाइएको तर युद्ध रोक्न असफल भएको आरोप लगाए। ह्यारिसले यो आरोपको खण्डन गर्दै आफूले म्युनिख सुरक्षा सम्मेलनमा मात्र युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई भेटेको तर पुटिनसँग भेट नभएको स्पष्ट पारिन्।
इजरायल–प्यालेस्टिनी द्वन्द्वमा ह्यारिसले इजरायलको सुरक्षाको पक्षमा रहेर पनि प्यालेस्टिनीहरूको आत्मसम्मानका साथ बाँच्न पाउने अधिकारलाई समर्थन गरिन्। ट्रम्पले भने ह्यारिसलाई इजरायलविरुद्ध रहेको दाबी गरे।
ओलीलाई बालेनको कटाक्ष- उहिलै मरिन् सासु, अहिले आए आँशु !
गर्भपतनको मुद्दामा कडा ध्रुवीकरण
गर्भपतनको विषयमा पनि तीव्र बहस भयो। ट्रम्पले गर्भपतनको मुद्दामा डेमोक्र्याटिक दललाई “कट्टरपन्थी” भन्दै, सर्वोच्च अदालतमा तीन परम्परावादी न्यायाधीश नियुक्त गरेर रो भर्सेस वेडको नजीर उल्टाउने प्रयासको समर्थन गरे। उनले गर्भपतनलाई “जन्मपछि मृत्युदण्ड” भने, जसलाई ह्यारिसले अस्वीकार गर्दै महिलाहरूले गर्भपतन गर्न सङ्कटपूर्ण अवस्थामा मात्र निर्णय लिने बताइन्।
बहसको प्रभाव र निष्कर्ष
९० मिनेटसम्म चलेको यो बहस तीखा आरोप–प्रत्यारोपमै सीमित रह्यो। ह्यारिसले अमेरिकाका आम नागरिकहरूको हितमा आफूले विशेष ध्यान दिने बताउँदै मतदातालाई डेमोक्र्याटिक पार्टीलाई समर्थन गर्न आग्रह गरिन्। ट्रम्पले भने बाइडेन प्रशासनको आर्थिक नीतिहरूको कडा आलोचना गर्दै आफ्नो पुरानो प्रशासनको उपलब्धिहरूलाई बचाउ गरे।
नोभेम्बर ५ मा हुने निर्वाचनको केही समयमात्र बाँकी रहेको अवस्थामा, यो बहसले अमेरिकी राजनीतिक परिदृश्यलाई झनै प्रतिस्पर्धात्मक बनाएको छ।