नेपाली नर्स बेपत्ता प्रकरण: ‘भर्जिनियाको तीज कार्यक्रम स्थगित’

Getting your Trinity Audio player ready...
|
भर्जिनिया,अमेरिका/ भर्जिनियाको मानाससमा शुक्रवार अगस्ट २३ तारिख हुने भनिएको तीज कार्यक्रम अब नाच्छ अमेरिका स्थगित भएको छ।
तीन साता देखि बेपत्ता नेपाली नर्स ममता काफ्ले भट्टको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै आयोजकले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जनाएको छ। स्थगित कार्यक्रम सेप्टेम्बर १४ तारिख हुने भनिएको छ।
कार्यक्रममा गायिका तथा मोडल ज्योति मगर, शान्ति श्री परियार, रचना रिमाल, करिस्मा ढकाल लगायतले प्रस्तुति दिने कार्यक्रम थियो।
‘विगत ३ हप्तादेखि हराई रहेकी नेपाली छोरी ममता काफ्लेका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । हामी यो घटना प्रति अत्यन्तै गम्भीर छौ । तीजलाई खुसीको पर्व बनाउन गर्ने भनिएको कार्यक्रममा हाम्रै समुदायलाई दुख पर्दा हामी नाच्न र रमाउन सक्दैनौ भन्दै आजै आयोजकहरूको आपतकालिन बैठक बसी यो कार्यक्रम स्थगित गर्ने निर्णय गरेका छौ ।’ आयोजक जारी विज्ञप्तिमा भनिएको छ।
आयोजकद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ
प्रेस विज्ञप्ति
मिति अगस्ट २२ , २०२४
भोलि अगस्ट २३ तारिख शुक्रवार मनाससमा हुने भनिएको “ अब नाच्छ अमेरिका “ कार्यक्रम स्थगित गरिएको जानकारी गराउँदछौ । विगत ३ हप्तादेखि हराई रहेकी नेपाली छोरी ममता काफ्लेका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । हामी यो घटना प्रति अत्यन्तै गम्भीर छौ ।
तीजलाई खुसीको पर्व बनाउन गर्ने भनिएको कार्यक्रममा हाम्रै समुदायलाई दुख पर्दा हामी नाच्न र रमाउन सक्दैनौ भन्दै आजै आयोजकहरूको आपतकालिन बैठक बसी यो कार्यक्रम स्थगित गर्ने निर्णय गरेका छौ । हाम्रो तयारी अन्त्य सम्म पुगेको अवस्था भए पनि अर्को सेप्टेम्बर १४ तारिख शनिवार कार्यक्रमको मिति तोक्ने निर्णय गर्दै हामीले यो कार्यक्रम स्थगित गरेका छौ ।
हाम्रा स्पोन्सरहरु , भेण्डरहरु तथा टिकट काटिसकेका हाम्रा ४०० भन्दा धेरै दर्शकहरूप्रति हामी क्षमा प्रार्थी छौ आयोजक अब नाच्छ अमेरिका , भर्जिनिया