दोलखा समाज अमेरिकाको पहिलो वनभोज न्यु योर्कमा सम्पन्न

न्यु योर्क,अमेरिका/ दोलखा समाज अमेरिकाको पहिलो वनभोज न्यु योर्कमा सम्पन्न भएको छ। न्यु योर्कको लङ आइल्याण्ड सिटी स्थित क्विन्सपार्कमा गत शनिवार दोलखालीहरुको समर वनभोज भएको हो।
समाज स्थापना पछिको यो पहिलो वनभोज हो। भोजराज थोकरको अध्यक्षतामा दोलखा समाज अमेरिका गत वर्ष स्थापना भएको थियो।
समाजका अध्यक्ष थोकरका अनुसार न्यु योर्क र आसपास बसोबास गर्ने दोलखावासी र विभिन्न संघ संस्थाका प्रतिनिधिहरू वनभोजमा सहभागी भएका थिए।
‘यो एउटा पुनर्मिलन पनि हो’ समाज टाइम्स सँग थोकरले भने,’खानपिन, भेटघाट, रमाइलो साथ साथै मुलथलो दोलखा भएकाहरूको अमेरिकामा रि युनियन।’

