ग्लोबल नेपाली पाठशाला, टेक्ससको समर क्यामबाट बालबालिकाहरू नेपालसँग जोडिँदै

Getting your Trinity Audio player ready...
|
टेक्सस,अमेरिका/नेपाली समाज टेक्ससको ग्लोबल नेपाली पाठशालाले एक विशेष कार्यक्रम सहित २०२४को समर क्याम्पको विशेष समारोह बिच सम्पन्न गरेको छ ।
पशुपतिनाथ मन्दिर तथा बुद्ध बिहारमा जुलाई १५, देखि जुलाई २७, २०२४ सम्म सञ्चालन भएको जुनियर र सिनियर तहको आध्यात्मिक तथा सांस्कृतिक समर क्याम्पबाट पशुपतिनाथ तथा बुद्ध मन्दिरको सभाकक्षमा एक सातासम्म सञ्चालन गरिएको शिविरबाट ड्यालस फोर्थवर्थ मेट्रोमा बसोबास गर्ने करिब चार सय बालबालिका एवम् वाल स्वयमसेवकहरुले प्रत्यक्ष लाभ लिएका थिए ।
गुरु डा. चिन्तामणि नाथ योगीको प्रमुख प्रशिक्षणमा सम्पन्न यस वर्षको समर क्याम्पको समापन कार्यक्रममा बालबालिकाहरूले समर क्याम्पबाट छोटो समयमा सिकेका भजन, कविता, गीत एवम् नृत्यबाट अविभावकहरुलाइ मनोरञ्जन गरेका थिए ।
कार्यक्रममा क्याम्पका स्वयंसेवीलाई धन्यवाद दिँदै सबै भाईबहिनीहरुलाई क्याम्पबाट सिकेका ज्ञानहरू उपयोग गर्ने वाचा पत्र सुनाएका थिए ।
यसै गरी समर क्याम्पका प्रशिक्षक अन्तर्राष्ट्रिय आध्यात्मिक गुरु डा. चिन्तामणीनाथ योगीले समर क्याम्पले बालबालिकाहरूलाई नेपालसँग जोड्न सफल भएको अनुभव सुनाउँदै प्रवासी नेपालीहरूको एकतामा जोड दिएका थिए ।
‘ड्यालसमा हामीले ठुलो मन्दिर बनाउन सफल भएका छौ । तर आज पनि बढ्दो जनसंख्या सँगै बालबालिकाहरूलाई मन्दिर र नेपाली संस्कार सँग जोड्न नेपाली पाठशालालाई ज्ञान केन्द्रको रूपमा विकास गरी नेपालीहरूको मन जोड्न पर्ने देखिन्छ ।’ योगीले भने,
‘के नयाँ पुस्तालाई यस अभियानमा जोड्न सकेका छौ रु प्रवासमा हामीले सम्पत्ति त जोड्यौ तर सन्ततिलाई नेपाली बनाउन सकेका छौ।’
सन्तति नरहे सम्पत्तिको के कामर भन्ने विभिन्न प्रश्न गर्दै समर क्याम्पको छोटो अवधिले नानीबाबुहरुलाई केही मात्रामा भए पनि धार्मिक, सांस्कृतिक, आध्यात्मिक ज्ञान बाँड्न सफल भएको तर यसको निरन्तरता हुनु पर्ने कुरामा उनले जोड दिए।
कार्यक्रममा युलेस सिटी काउन्सिल सदस्य टीका पौडेल, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका उपाध्यक्ष छवि चापागाईँले प्रवासमा हुर्की रहेका पुस्ताहरूलाई नेपालसँग जोड्नका लागि सांस्कृतिक तथा आध्यात्मिक शिविरको आवश्यकता र बढ्दो लोकप्रियताका बारेमा चर्चा गरेका थिए।
नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षतामा भएको कार्यक्रम महासचिव विजय भुसालले सञ्चालन गरेका थिए। कार्यक्रममा ग्लोबल नेपाली पाठशालाका प्रिन्सिपल डा. भोजबहादुर बलायरले स्वागत तथा सबै अभिभावक, स्वयंसेवक, शिक्षक, सहायक प्रिन्सिपलहरू लगायत नेपाली समाज टेक्सस र नेपाली मन्दिर परिवारलाई धन्यवाद सहित आगामी दिनमा समर क्याम्प अझै स्तरीय बनाउँदै लैजाने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रमको अन्त्यमा नेपाली समाज टेक्ससका उपाध्यक्ष जनक भण्डारीले सबै सहयोगी संघसंस्थालाई धन्यवाद ज्ञापन ज्ञापन गरेका थिए।