ह्यारिसबर्गमा नेपाली भाषी भुटानीको घर जल्यो,सहयोगको लागि बीसीएचको अपिल

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको ह्यारिसबर्ग नजिक इनोलामा (4029 Caissons Ct, Enola, PA 17025) नेपाली भाषी भुटानी अच्युत काफ्लेको घरमा आगलागीका भएको छ।
भुटनीज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) का अध्यक्ष तिलक निरौलाका अनुसार घटना शुक्रवार दिउँसो साँढे चार बजेको हो। ‘आगलागीको कारण अनुसन्धानमा नै छ।’ अध्यक्ष निरौलाले समाज टाइम्स सँग भने, ‘मानवीय क्षति भने भएको छैन।’
घर सँगै दुई वटा कार पनि क्षति पुगेको निरौलाले बताए।
यसै बिच एक विज्ञप्ति जारी गर्दै समुदायका सदस्यहरू सँग घर आगलागीमा परेको परिवारलाई तत्काल सहयोगको लागि अपिल गरेको छ।
विनाशकारी घर आगलागी पछि सहयोगको लागि तत्काल अपिल गर्दछु।’ अध्यक्ष निरौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
अध्यक्ष निरौलाले विस्थापित परिवार सँग सम्पर्क गरेर आवश्यकता अनुसार सहयोग गर्न अनुरोध गरेका छन्।
‘आगलागी हुँदै गर्दा खबर आयो, हामी हाफ माइल अगाडि नै रोकियौ, सुरक्षाका कारण हामीलाई जान दिइएन, अग्नि नियन्त्रकले लागालागी नियन्त्रणको प्रयास गरी रहेका थिए।’ अध्यक्ष निरौलाले भने।
उनले रेडक्रस र काउन्टी सँग तत्काल सहयोगको लागि अनुरोध गरेको पनि बताए।
‘शुक्रवार साँझ उहाँहरू आफन्त सँग बस्नु भयो, तर अब के गर्ने भन्ने अन्यौलता छ, उहाँहरू पनि सहयोग कसरी लिने भन्नेमा यकिन हुनु भएको छैन, बिमाको प्रक्रिया पुरा नहुँदा सम्म के कसरी सहयोग गर्न सकिन्छ परिवार सँगको सम्पर्कमा रहेर गरौँ भनेर हामीले अपिल गरेका हौ।’ अध्यक्ष निरौलाले भने।