डेमोक्रेटहरूले अमेरिकामा बाइडेनको विकल्प खोज्न थाले !
पेन्सिल्भेनिया । अमेरिकी राजनीतिक टिप्पणीकार तथा लेखक टकर कार्लसनले अमेरिकाको राष्ट्रपतिय निर्वाचनमा वर्तमान राष्ट्रपति जो बाइडन उम्मेदवार नहुने टिप्पणी गरेका छन् । बाइडेन डिमेन्सिया (भुल्ने विरामी) रहेको उनकै चिकित्सकहरुले पनि बताएका थिए । विरामी बाइडेनलाई उम्मेदवार बनाए पनि यसको सत्यतथ्य अमेरिकाका मूलधारका मिडियाहरुले ढाँटेको पनि कार्लसनले बताए ।
फक्स न्यूज पूर्व होस्टले दाबी गरे ‘डेमोक्रेटहरूले छिट्टै कमला ह्यारिसलाई बाइडेनको ठाउँमा राष्ट्रपतिको उम्मेदवार बनाउन सक्छन् ।’ कार्लसनको दावी जून २७ मा एटलान्टामा आयोजित पहिलो राष्ट्रपति बहसको केही दिन पछि आएको हो । उक्त बहसमा बाइडेनको प्रदर्शन धेरै डेमोक्र्याटहरूका लागि निराश बनाएको छ ।
सिड्नीको इन्टरनेशनल कन्भेन्सन सेन्टरमा ४ हजार फ्यानहरूका अगाडि बोल्दै, टकर कार्लसनले भने, सीएनएनमा पत्रकारको रूपमा प्रस्तुत भएकाले जो बाइडेनलाई डिमेन्सिया भएको कुरा लुकाउने प्रयास गरेको दावी गरे ।
कार्लसनले अमेरिकी मिडियाले यसबारे भर्खरै थाहा पाएको जस्तो व्यवहार गरेको पनि टिप्पणी गरेका छन् ।
उनले बाइडेनको सट्टा कमला हेरिसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने पनि दावी गरे । पछिल्लो हप्ता ‘प्रेसिडेन्सियल डिवेट’मा बाइडेन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा कमजोर देखिएका थिए ।
ट्रम्प नै रिपब्लिकनका तर्फबाट आउँदो राष्ट्रपतिय चुनावी उम्मेदवार हुने छन् ।
डेमोक्र्याटका तर्फबाट ५९ वर्षीय ह्यारिस उम्मेदवार बनेमा बाइडेनको अभियानबाट उठेको पैसा उनले खर्च गर्ने पनि अनुमान गरिएको छ भने उनलाई खुलेर समर्थन गर्ने जिम क्लाइबर्नले बताएका छन् । उनी सन् २०२० चुनावमा बाइडेनका प्रमुख खेलाडी थिए । उनले भने ‘यदि बाइडेन चुनावी अभियानबाट अलग भएमा कमला ह्यारिसलाई डेमोक्रेटिक उम्मेदवारको रूपमा समर्थन गर्नेछु ।’
सञ्चारमाध्यममा उम्मेदवारीको चर्चाहरु भए पनि ह्यारिसका सहयोगीहरुले भने यसमा सत्यता नभएको दावी गरेका छन् ।
यस्तै, न्यूयोर्क टाइम्सले पनि बाइडेन अहिले तनावमा रहेको र उनी आफ्नो उम्मेदवारीलाई कसरी अघि बढाउने भन्ने विषयमा चिन्तित रहेको खबर प्रकाशित गरेको छ ।
आफ्नो उम्मेदवारीको विषयमा बाइडेनले आज (बुधवार) गर्भनरहरुसँग छलफल गर्न लागेका छन् । उक्त छलफलपछि उनको उम्मेदवारको विषयमा पनि थप अपडेट आउने अपेक्षा गरिएको छ । अमेरिकमा आउँदो नोभेम्बर ५ तारिखमा चुनाव हुँदै छ ।