टी-२० विश्वकपको सुपर आठको समीकरण पूरा
काठमाडौं । आइसीसी टी-२० विश्वकपमा सुपर आठको समीकरण पूरा भएको छ ।
सुपर आठमा भारत, अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका पुगेका छन् ।
अब सुपर आठको समुह एक मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश रहेका छन् भने समुह २ मा अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका रहेका छन् ।
अब सुपर आठको दुई समुहमा रहेका देशले एक अर्कासँग एक एक खेल खेलेपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।
अब सुपर आठका खेलहरु जुन १९ देखि हुने छन् ।