अमेरिकाको पोर्टल्याण्डमा ‘एभरेष्ट डे’ मनाइयो
पेन्सिल्भेनिया । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिएको दिन मे २९ को सम्झनामा प्रत्येक वर्ष मनाइँदै आइएको एभरेष्ट डेमा बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।
सन् १९५३का दिन तेन्जिङ नोर्गे शेर्पा तथा सर एडमण्ड हिलारीले पहिलो पटक सफल आरोहण गरेको दिनलाई एभरेष्ट डेको रुपमा विश्वभरि नै मनाइने गरिन्छ ।
यसैक्रममा अमेरिकामा पनि ‘एभरेष्ट डे’ मनाइएको छ । अमेरिकाको पोर्टल्याण्डमा जेड ब्रुअरी र शेर्पा किचेनले आयोजना गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा यूएस वर्ल्ड क्लास तेक्वान्दो हलिउडद्वारा पुम्से, ब्रेकिङ, र आत्मरक्षा प्रदर्शन गरेका थिए। मन्ध ब्यान्डका साथै सगरमाथा आरोहीहरुको सहभागिता रहेको शेर्पा किचेनका सञ्चालक मिंग्मा शेर्पाले जानकारी दिए । मन्ध ब्यान्डले झण्डै घण्टा लगातार नेपाली गीत प्रस्तुत गरेका थिए।
सचिका चिनाले नेवारी गीतमा नृत्य गरेकी थिइन्। यस्तै स्वर्ण महर्जन, देशना महर्जनले सुन्दर नृत्य प्रस्तुत गरेका थिए। सगेन महर्जनले मजाले नाचौला बोलको गीतमा नाचेका थिए। सेल्वा तम्राकार र बेला देवी महर्जनले पनि नृत्य प्रस्तुत थिए। प्रवीण महर्जन, मास्टर मिनु महर्जनले पनि नृत्य प्रस्तुत गरेका थिए।
यसै गरी नेपाली फेसन शो, नेपाली खानाको पनि प्रदर्शनी गरिएको थियो।
केरी स्ट्रोकले कार्यक्रम सञ्चालन गरेका थिए। एडमले साउन्ड सिस्सटममा सहयोग गरेका थिए।
सो अवसरमा सांगितिक कार्यक्रमको पनि आयोजना भएको थियो ।
सरकारले मे २९ लाई सगरमाथा दिवस मनाउने निर्णय गरे पछि देश विदेशमा यस्ता कार्यक्रमहरु भइरहेका छन् ।
विदेशमा भने सप्तान्हतमा यस्ता कार्यक्रमहरु आयोजना भएका हुन् । सगरमाथामा पहिलो पाइला राखेको दिनको सम्झनामा मे २९ लाई दिवसको रुपमा मनाउन थालिएको हो ।
कार्यक्रममा सगरमाथा आरोही लाक्पा शेर्पा र कर्मा शेर्पाले आ आफ्नो आरोहणको अनुभव सुनाएका थिए।