क्लाउडिया शेनबाम मेक्सिकोको राष्ट्रपति निर्वाचित
पेन्सिल्भेनिया । मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा क्लाउडिया शेनबाम निर्वाचित भएकि छन् ।
मेक्सिको सिटी निबासी ६१ वर्षीय पूर्व मेयर तथा प्रशिक्षणद्वारा वैज्ञानिक बनेकी उनले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरेको ‘नेसनल इलेक्टोरल इन्स्टिच्युट’ले जनाएको छ ।
विशेष गरी दुई दर्जनभन्दा बढी आकांक्षी स्थानीय राजनीतिज्ञहरूको हत्या भएको रक्तपातपूर्ण चुनावी प्रक्रियापछि भएको निर्वाचनमा मेक्सिकाले महिला नेतृत्व पाएको हो । मतदाताहरूको सुरक्षाका लागि हजारौं सैनिकहरू तैनाथ गरिएको थियो ।
शेबनामले प्राप्त गरेको मत प्रतिशत उनको मुख्य प्रतिद्वन्द्वी जोचिटल गाल्भेजभन्दा ३० प्रतिशत अङकभन्दा बढी हो भने लामो समयदेखि मध्यमार्गी जोर्ज अल्भारेज मेनेजभन्दा ५० प्रतिशत अङ्क बढी हो ।
निर्वाचनमा अति हिंसात्मक लागूऔषध गिरोहले आतङ्कित पारेका क्षेत्रहरूमा छिटपुट हिंसाका बावजुद ल्याटिन अमेरिकी राष्ट्र मेक्सिकोभरिका मतदान केन्द्रहरूमा मतदाताहरूको भीड लागेको थियो ।
उनले आफू निर्वाचित हुन पहिले नै मतदान भएको दिनलाई ‘ऐतिहासिक दिन’ का रूपमा घोषणा गरेकि थिइन्।
मतदानपछि शेबनामले आफूलाई आँफैले दिएको मत आफ्नो जीतका लागि नभई ९३ वर्षीया अग्रज वामपन्थी नेता इफिजेनिया मार्टिनेजको सम्मानका लागि भएको बताइन् ।
हरेक दिन करिब १० जना महिला वा बालिकाको हत्या हुने मेक्सिकोको सबैभन्दा अग्लो राजनीतिक सिसाको छाना एक महिलाले तोडेको भन्दै बिजय र्यालीमा सहभागी महिलाले खुशी व्यक्त गरेका छन् ।
सरकारले सन् २००६ मा लागूऔषध ओसारपसारविरुद्ध लड्न सेना परिचालन गरेयता चार लाख ५० हजारभन्दा बढी मानिसको हत्या भइसकेको छ भने हजारौँ बेपत्ता भएका छन् ।
नवनिर्वाचित राष्ट्रपतिले विशेष गरी सीमापार लागुऔषध तस्करी र बसाइँसराइ र छिमेकी मुलुक संयुक्त राज्य अमेरिकासँगको तनावपूर्ण सम्बन्धजस्ता जटिल मुद्दाहरूको व्यवस्थापन पनि गर्नुपर्नेछ ।
यो निर्वाचनबाट नयाँ राष्ट्रपति चयनसँगै संसद सदस्य, गभर्नर र असङ्ख्य स्थानीय अधिकारी चयनसहित कुल २० हजारभन्दा बढी पदहरूमा जनप्रतिनिधिको चयन भएको छ ।