सर्वोच्चको अन्तरिम आदेश : ‘ट्राफिक कारबाहीमा परेकालाई सडकमा नखटाउ’
काठमाडौं । ट्राफिक कारबाहीमा परेकालाई सडकमा नखटाउन सर्वोच्चको अन्तरिम आदेशट्राफिक कारबाहीमा परेका सवारीचालकलाई स्वयंसेवकका रूपमा सडकमा नखटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिएको हो ।
उप प्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसका दिन सामाजिक सञ्जालमार्फत ट्राफिक कारवाहीमा परेकालाई सडकमा खटाउन आदेश दिएका थिए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाहीमा परेका सवारीचालकलाई गत बुधबारबाट पोसाक लगाएर ट्राफिक प्रहरीसँगै सडकमा खटाउन सुरु गरेपछि त्यसविरुद्ध शुक्रबार रिट दर्ता भएको थियो ।
गृह मन्त्रालय, ट्रफिक महाशाखा र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाउँदै परेको रिटमा सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश समेत जारी गरेको छ ।