सफलताको सूत्र

Getting your Trinity Audio player ready...
|
नेत्र बन्धु पोखरेल
एक जना सत्तामा पुगे पछि असफलता व्यहोरीरहेका नेता अरू केही उपाय नलागे पछि गुरुको सरणमा पुगेछन् अनि गुरुलाई भनेछन् गुरु मैले राम्रो काम गर्छु भन्छु तर म असफल भइरहेको छु । जताततै मेरो आलोचना भइरहेको छ । मलाई सफलताको सूत्र बताई दिनु ।
गुरुले चेलालाई भने अचेल ज्ञान दिनु, पनि बेकार छ सुन्छन् जीवनमा लागु गर्दैनन् के साँच्चै तिमी भने अनुसार गर्छौ त? नेताले भने सफलता मिल्छ भने किन नगर्नु गर्छु नि । चेला नेतालाई गुरुले भने धेरै नेताहरू त आफू असफल भई रहेको पनि थाहा पाउँदैनन् । चाकडी गर्नेहरूको घेरामा आफ्नो जय जयकार मात्र भएको देख्छन् ।
तिमीले आफू असफल भएको थाहा त पायौ । त्यसैले अरू भन्दा तिमी अलि फरक रहेछौ । म तिमीलाई सूत्र बताई दिन्छु भन्दै चेलालाई आदेश दिए । तिमी यो सिधा बाटोमा एक किलोमिटर दौडेर जाऊ अनि फनक्क फर्केर सिधै दौडेर यहाँ आउँ ।
गुरुको आज्ञा अनुसार शिष्य उत्तरतिर दौडिरहेको थियो । हावाको गति पनि दक्षिणबाट उत्तर तर्फ नै थियो ।
हावाले धावकको पछाडिबाट धकेलेको कारण गति लिन सरल भएको थियो भने शीतलता पनि दिइरहेको थियो तर शिष्यलाई यसको पत्तै थिएन ।
जब उ फनक्क फर्केर दक्षिण तर्फ दौडन थाल्यो । दक्षिणतिर बाट बहेको हावाले उसको चेहरा लगायत अगाडिको भागमा शीतलता प्रदान गर्यो । हावा उसको दौडाइको उल्टो दिशामा भएकोले केही अवरोध त हुने नै भयो । तर पनि उसले अवरोध महसुस पनि गरेन र शीतलता महसुस गरिरह्यो ।
फर्केर आएपछि गुरुले सोधे तिमी उत्तरतिर जाँदा सजिलो महसुस भयो कि दक्षिणतिर जाँदा ?
हावाले कता जाँदा बढी सहयोग गर्यो शिष्यले उत्तर दियो दक्षिणतिर फर्कँदा सजिलो भयो हावाले राहत दियो ।
गुरुले सोधे, हावा कुन दिशाबाट कुन दिशा तर्फ बहेको थियो ?
शिष्यले उत्तर दियो हावा दक्षिणबाट उत्तर तर्फ बहिरहेको थियो ।
गुरुले फेरी सोधे हावाको गति कम बढी थियो कि ?
शिष्यले उत्तर दियो थिएन ।
तब गुरुले शिष्यलाई भने हेर तिमीलाई हावाले पछाडिबाट गति लिन सहयोग गरिरहेको थियो । पछाडिबाट शीतलता पनि दिइरहेको थियो त्यो थाहै पाएनौ । जब अगाडिबाट हाव लाग्यो त्यो थाहा पायौ । राजनीतिमा पनि तिम्रो व्यवहार त्यस्तै भएको छ ।
तिमीलाई पछाडिबाट सहयोग गर्ने धेरै जना थिए, उनको तिमीले मतलब गरेनौ, जसले तिमीलाई अगाडि बढाइरहेका थिए, निस्वार्थ तिमीलाई सहयोग गरिरहेका थिए, तिम्रो प्रगति चाहन्थे ।
तर जब तिमी सत्तामा पुग्यौ तिमीलाई अवरोध नै गरेका किन नहोउन् अगाडि आएर चाकडी गर्न थाले र तिमी उनीहरूलाई नै विश्वास गर्यौ । उनीहरूलाई नै आफ्नो ठान्यौ ।
उनीहरूको स्वार्थमा काम गर्न थाल्यौ त्यसैले तिमी असफल भएका हौ । जाऊ तिमीलाई सहयोग गर्नेहरू जो तिम्रो चाकडीमा आउँदैनन् तिनलाई भेट उनीहरूको सल्लाहमा काम गर तिमी सफल हुनेछौ ।
र यो पनि…