कार्यदलको बैठकमा सहमति जुटेन
काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदल अझै निष्कर्षमा पुग्न सकेको छैन ।
सिंहदरबारमा भएको बैठकपछि बोल्दै कांग्रेसका सांसद जीवन परियारले गृहमन्त्री रवि लामिछानेको नाम राखेर छानबिन गर्न सत्ता पक्ष तयार नभएको बताए ।
परियारले आजको संसदको बैठकपछि कार्यदलको बैठक बस्ने जानकारी दिए ।
त्यस्तै रास्वपाका सांसद शिशिर खनालले सबै आ-आफ्नो अडानमा रहेको बताउदै समिति बनाउदा व्यक्तिको नाम राखेर छानबिन गर्नु न्यायसंगत नहुने आफुहरुले धारणा राखेको बताए ।
कार्यदल सदस्य कांग्रेसका सहमहामन्त्री जीवन परियारले गृहमन्त्रीको नाम समावेश गर्नुपर्ने विषयमा आफूहरूले अडान राखेको बताएका छन् ।
‘छानबिन दायरामा ल्याउनुपर्ने मानिसको नाम नै उल्लेख नगर्ने भन्ने त हुँदैन,’ परियारले भने, ‘आज प्रतिनिधि सभा बैठक बस्छ, गृहमन्त्रीजी बोल्ने कार्यक्रम छ। त्यसपछि पनि कार्यदलको छलफल जारी रहन्छ।’