पशुपतिनाथमा श्री श्री ठाकुर अनुकुलचन्द्रजीको एक सय ३६ औ शुभ जन्मोत्सव
टेक्सस/ अमेरिकाको टेक्ससको अस्टिन नजिक रहेको हुट्टोमा सनातन हिन्दु धर्म दर्शनमा अद्वैत सत्सङ्ग मार्ग प्रवर्तक युग पुरुषोत्तम गुरु श्री श्री ठाकुर अनुकुलचन्द्रजीको एक सय ३६ औ शुभ जन्मोत्सव कार्यक्रम आयोजना गरिएको छ।
हुट्टो स्थित पशुपतिनाथ मन्दिर परिसरमा शनिवार (अप्रिल ६ तारिख) विविध कार्यक्रमका साथ जन्मोत्सव मनाइएको हो।
सत्सङ्ग अमेरिका र टेक्सस सत्सङ्ग समितिको आयोजनामा यहाँ वार्षिक सत्सङ्ग कार्यक्रम आयोजना गरिएको थियो । शनिवार बिहान वेद मांगीलिकीबाट सुरु भएको कार्यक्रम साँझ ८ बजे प्रार्थना पछि सकिएको थियो ।
बिहान कीर्तन पछि निकालिएको शोभा यात्रालाई पशुपतिनाथ मन्दिर परिक्रमा गराइएको थियो ।
दिउसो भजन कीर्तन सहितको साङ्गीतिक प्रस्तुति गरिएको थियो । साथै बालबालिकाका नृत्य,चित्रकला प्रतियोगिता, शास्त्रीय नृत्य, संगीतांजली, प्रसाद सेवा, लगायत शैक्षिक र आध्यात्मिक कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रममा ग्रेटर अस्टिन वरपर लगायत अमेरिकाका अन्य सहरहरूबाट पनि भक्तहरू आएका थिए ।