नयाँ वर्षको उपलक्ष्यमा केन्टकीमा मिलन लामको सांङ्गितिक साँझ
केन्टकी/ अमेरिकाको केन्टकि राज्यको लेक्सिङटन लोक गायक मिलन लामाले प्रस्तुति दिने भएका छन् ।
केन्टकी अमेरिकामा नेपाल संघ (एएनकेए) को आयोजनामा लेक्सिङटन स्थित लिरिक थिएटरमा अप्रिल १२ तारिख शुक्रवार साँझ नयाँ वर्ष सांगितिक कार्यक्रममा गायक लामा सहित अन्यले प्रस्तुति दिने भएका हुन्।
लामाको साथमा रवि ओड, शान्ति भण्डारी तथा स्थानिय चर्चित गायक विष्णु डुम्रे सरोज अधिकारी मुराहरि गुरागाई लगायत अन्य कलाकारले प्रस्तुति दिने कार्यक्रमको समन्वय गरेका एएनकेएका साँस्कृतिक संयोजक गुरू पाठकले बताए ।
उक्त कार्यक्रममा प्रवेश शुल्क २५ डलर राखिएको जनाइएको छ। कार्यक्रमको ढोका साँझ ७ बजे खोलिने छ ।
कार्यकमको बिस्तृत जानकारी लिन तथा प्रायोजकको लागि निम्न सम्पर्क संख्या (कन्टयाक नम्बर ) 8594364174, (443) 839-4662तथा (443) 599-2567 मा सम्पर्क गर्न सकिने जनाइएको छ ।














