ह्यारी भण्डारीको चुनावी अभियान पेन्सिल्भेनियामा

पेन्सिल्भेनिया/ अमेरिकी संघिय संसद्को यात्रा लक्ष्य बनाएका नेपालीमुलका पहिलो अमेरिकन डेलिगेट डा. ह्यारी भण्डारीको चुनावी अभियान पेन्सिल्भेनियामा पनि हुने भएको छ।
मेरील्याण्ड राज्य सभा सदस्य (डेलिगेट) रहेका भण्डारीले अबको लक्ष्य संघिय संसद् बनाएका छन्। त्यसका लागि उनले अप्रिलमा हुने प्राइमरी चुनाव जित्नु पर्ने हुन्छ।
प्राइमरीमा जितियो भने मेनापोलिसबाट वासिङ्टन डिसीको यात्रा सहज हुने भण्डारीले बताउँदै आएका छन्। त्यसका लागि अमेरिकामा रहेका नेपाली भाषी सँग भण्डारीले सहयोगको अपिल गर्दै आएका छन्।
यसै क्रममा पेन्सिल्भेनिया नेपाली गुठी (पीएनजी) ले मार्च २३ तारिख साँझ आफ्नै भवनमा (1000 Germntown Pike,Plymouth Meeting PA 19462) भण्डारी सँग अन्तर्क्रिया तथा आर्थिक सहयोग कार्यक्रमको आयोजना गरेको छ।
‘एउटा नेपालीको सफलतामा हामी पनिले सहयोग गर्न पर्छ भनेर कार्यक्रम आयोजना गरेका हौ।’ पीएनजीका अध्यक्ष विमल मोक्तानले समाज टाइम्स सँग भने,’म यस क्षेत्रमा रहेका सबैलाई कार्यक्रममा उपस्थित भई भण्डारीलाई सहयोग गरिदिन हुन आग्रह गर्दछु।’
यसै गरी पीएनजीका उपाध्यक्ष दीपक सापकोटाले पनि पेन्सिल्भेनिया, न्यु जर्सी र डेलावयरमा रहेका नेपाली जनसमुदायलाई कार्यक्रममा सहभागी हुन अपिल गरेका छन्।
‘डा. ह्यारी भण्डारी जी को अमेरिकन राजनीतिक यात्रामा थप ऊर्जा र हौसला प्रदान गरी उहाँलाई विजय गराई हरेक हामी नेपालीहरूको साझा आवाज बुलन्द गर्न उहाँको यो विजय अति महत्त्वपूर्ण रहेको कुरा यहाँहरूलाई अनुरोध गर्न चाहन्छु ।’ अपिलमा उपाध्यक्ष सापकोटाले भनेका छन्,’ उहाँले विगतमा यो नेपाली जनसमुदायको लागी गर्नुभएको महत्त्वपूर्ण योगदान को कदर विशेष गर्दै उहाँको यो आगामी निर्वाचन कार्यको लागी पेन्सिल्भेनिया नेपाली गुठीले गुठीको आफ्नै भवनमा यही मार्च २३ शनिवारको दिन साँझ उहाँसँग भेटघाट तथा शुभकामना आदानप्रदानका साथै आफूले सकेको मन खोली उहाँको यो आर्थिक संकलन कार्यमा समेत आ आफ्नो सहभागिता जुटाइदिनुहुन समेत पेन्सिल्भेनिया नेपाली गुठीको तर्फबाट हार्दिक अनुरोध गर्दछु।’
अमेरिकाको जुनसुकै राज्यमा भए पनि तपाईले ह्यारी भण्डारीको चुनावमा सहयोग गर्न सक्नु हुन्छ। त्यसका लागि यहाँ क्लिक गर्नु होला ।