पश्चिम बंगालकी मुख्यमन्त्री गम्भीर घाइते
काठमाडौं । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी गम्भीर घाइते भएकी छिन् ।
बिहीबार साँझ एक कार्यक्रमबाट फर्किएपछि मुख्यमन्त्री आफ्नो कालीघाट घर अगाडि पैदल हिँड्ने क्रममा अचानक लडेकी थिइन् । जसका कारण उनको टाउकोमा गम्भिर चोट लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मुख्यमन्त्री घाइते हुँदा तृणमूलका राष्ट्रिय महासचिव र उनका सांसद भतिजा अभिषेक बनर्जी पनि साथमा थिए। उनको अहिले कोलकाताको सरकारी एसएसकेएम अस्पतालमा उपचार भइरहेको छ । उनको निधारमा गम्भीर चोट देखिएको छ ।
तृणमूल कांग्रेसले सबैलाई मुख्यमन्त्रीको स्वास्थ्यको लागि प्रार्थना गर्न अपील गरेको छ।
Our chairperson @MamataOfficial sustained a major injury.
Please keep her in your prayers 🙏🏻 pic.twitter.com/gqLqWm1HwE— All India Trinamool Congress (@AITCofficial) March 14, 2024