प्रदेश प्रमुखमा नियुक्त तथा शपथ
काठमाडौ/ नवनियुक्त तीन जना प्रदेश प्रमुखले बुधवार पद तथा गोपनियताको शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को फागुन २८ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम तीन जनालाई प्रदेशका प्रदेश प्रमुखमा नियुक्त गर्दै शपथ खुवाएका हुन्।
राष्ट्रपति कार्यलयका अनुसार झापाकी सुमित्रा सुवेदी भण्डारी मधेश प्रदेश , कैलालीका डिल्लीराज भट्ट गण्डकी प्रदेश र अर्घाखाँचीका नजिर मियाँलाई सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गर्दै शपथ गराइएको हो।