बाना अध्यक्ष सुबोध पन्त अमेरिकी राष्ट्रपति अवार्डबाट सम्मानित

मेरील्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (बाना) का अध्यक्ष सुबोध पन्त अमेरिकी राष्ट्रपतिद्वारा प्रदान गरिने लाइफ टाइम अच्छिमेन्ट अवार्डबाट सम्मानित भएका छन्।
पन्तले समुदायलाई पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।
‘जनताको हितमा योगदान पुर्याएकोमा म तपाईँलाई बधाई दिन्छु, र यस महान् राष्ट्रको लागि तपाईँको ५३ सय घण्टा सेवाको कदर स्वरूप तपाईँलाई राष्ट्रपतिको लाइफटाइम्स अच्छिमेन्ट अवार्ड प्रदान गर्न पाउँदा म गर्व गर्दछु।’ राष्ट्रपति जो बाइडेनको हस्ताक्षर रहेको पत्रमा भनिएको छ।
लमजुङको राइनस नगरपालिका तार्कु घाटका पन्त पछिल्लो १२ वर्ष देखि अमेरिकाको मेरील्याण्ड राज्यको बाल्टिमोरमा बस्दै आएका छन्।
सन् २०१२ मा अमेरिका आएका पन्त एक वर्ष पछि नै बाना सँग जोडिएको बत्ताउँछन्। बानाको सदस्य, मेम्बर कमिटीको चेयर, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष भएका पन्त अहिले दोस्रो कार्यकालमा छन्।
पन्तले यो सम्मान आफ्ना लागि मात्र नभई समग्र नेपालीको सम्मान भएको बताए।
‘समाज सेवामा लागि रहँदा त्यसको मूल्याङ्कन हुँदो रहेछ भन्ने म्यासेज यसले दिएको छ।’ समाज टाइम्स सँग पन्तले भने,’यो मैले मात्र पाएको होइन, बानाले पाएको हो, नेपाली समुदायको सम्मान हो।’
बाना अमेरिका क्रियाशिल नेपाली संस्थाहरुमा सक्रिय संस्था हो।


