एनआरएनए अमेरिका: डा. बन्जाडेलाई भोट हाल्ने अधिकांश मतदाता पछुतोमा
पेन्सिल्भेनिया / गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको पछिल्लो निर्वाचनमा डा. अर्जुन बन्जाडेलाई मत दिएका मतदाता मध्ये अधिकांशले आफूलाई पछुतो लागेको बताएका छन्।
समाज टाइम्सले गरेको एक सर्वेक्षणमा सहभागी मध्ये ८१ प्रतिशतले आफूलाई डा. बन्जाडेलाई मत दिएर पछुतो लागेको छ भन्ने जवाफ दिएका छन्।
समाज टाइम्सले फेसबुकमा ‘एनआरएनए अमेरिकाको अध्यक्षमा डा.अर्जुन बन्जाडेलाई भोट हालेकोमा अहिले तपाईँलाई पछुतो छ ? ‘ भनेर प्रश्न सोधेको थियो।
छैन भन्नेमा १९ प्रतिशत रहेका छन्। बन्जाडेलाई मत दिएर पछुतो छैन भन्नेमा कविता खरेल र गौरी राज जोशी छन्। जोशी एनआरएनए आइसीसी बद्री केसी समूहका महासचिव हुन्।
बन्जाडेलाई मत दिएर पछुतो मान्नेमा अमेरिकाको न्यु जर्सी निवासी सञ्जीव श्रेष्ठ पनि छन्। उनी एनआरएनए अमेरिका क्षेत्रको उप संयोजक हुन्। एनआरएनए अमेरिकाका पूर्व प्रवक्ता ओम कुमार भट्टराईले पनि आफूलाई बन्जाडेलाई मत दिएर पछुतो मानेका छन्। यस्तै श्रेष्ठ र भट्टराई डा. बन्जाडेलाई चुनाव जिताउने अभियानका सक्रिय सदस्य थियो।
डा. बन्जाडेकै लागि खुलेरै भोट मागेका एनआरएनए अमेरिका फ्लोरिडा च्याप्टर सभापति सुरेन्द्र लौडरीले पनि मत दिएकोमा पछुतो मानेका छन्।
यसै गरी एनआरएनए अमेरिकाको कार्यशैली प्रति तपाई सन्तुष्ट हुनु हुन्छ ? भन्ने अर्को प्रश्नमा ८६ प्रतिशतले छैन भन्ने जवाफ दिएका छन्। ११ प्रतिशतले थाहा छैन भन्ने जवाफ दिएका छन् भने सन्तुष्ट छु भन्नेमा जम्मा तीन प्रतिशत मात्र छन्।
एनआरएन अमेरिकाको काममा सन्तुष्ट छैन भन्नेमा कार्यसमितिकै उपाध्यक्ष अनुप खनाल पनि रहेका छन्। यस्तै डा. बन्जाडेलाई चुनाव जिताउने टिमका कमान्डर मध्येका एक प्रमोद सिटौलाले पनि एनआरएनए अमेरिकाको काममा सन्तुष्ट छैन भन्ने जवाफ दिएका छन्। सिटौला हाल एनआरएनए आइसीसी आरके शर्मा समूहका उप महासचिव हुन।
चुनाव जितेको ६ महिना सम्म पनि एनआरएनए अमेरिकाले उल्लेख एउटै काम सम्म गर्न सकेको छैन।
यति सम्मकी बैठकले गरेका निर्णय नै विवादमा परेका छन्। विधानतः शपथ लिएको ६० दिन भित्र सल्लाहकार समिति गठन गर्नु पर्नेमा त्यो पनि हुन सकेन।
संरक्षक परिषद्मा मनोनयन भएको भनिए पनि अहिले सम्म माइन्युट सार्वजनिक गरिएको छैन। निर्णयका बारेमा अध्यक्ष डा. बन्जाडे, महासचिव रामहरि अधिकारी र कार्यसमितिका अन्य पदाधिकारीहरूको फरक फरक धारणा बाहिर आएको छ।
डा. बन्जाडे सँगको समाज टाइम्स संवाद
महासचिव रामहरि अधिकारीले पनि समाज टाइम्स संवादमा आफूहरूले काम गर्न नसकेको स्वीकारेका छन्।
डा. बन्जाडेलाई आइसीसीको विवादमा बद्री केसी समूह तर्फ ढल्किएको तथा आफ्नी श्रीमतीलाई केसी समूहको आइसीसी सदस्यमा मनोनीत गराएकोमा आलोचना हुँदै आएको छ।
कार्यसमितिका पदाधिकारीहरूले समाज टाइम्स संवादमा अध्यक्ष डा. बन्जाडेको कार्यशैली प्रति असन्तुष्टि जनाएका छन्।
यसै बिच कार्यसमितिका बहुमत पदाधिकारीले एनआरएन आइसीसीको विवाद समाधानका लागि भन्दै परराष्ट्र मन्त्रालयमा पत्र पठाएका छन्।
तीन उपाध्यक्ष र महासचिव सहितको नाम रहेको पत्रको पूर्ण पाठ
श्री परराष्ट्र मन्त्रालय
सिंहदरवार, काठमाण्डौ, नेपाल
विषय: गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को विवाद समाधान गरिदिनु हुन अनुरोध ।
महोदय,
उपरोक्त सम्वन्धमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को मिति २०२३ अक्टोबर १७-२० मा सम्पन्न ११ औं महाधिवेसन र निर्वाचनको निष्पक्षता र स्वच्छताका बारेमा गम्भीर प्रश्नहरु उठेका छन् ।
संघको निर्वाचन परिणामको घोषणापछि देखिएको असहज अवस्थासँगै संघमा दुईवटा कार्यसमितिहरु गठन भै दुवै पक्षले आफूलाई वैधानिक समितिको दावी गरिरहदा विश्वभर रहेका राष्ट्रिय समन्वय परिषद्हरु लाई कुन समितिलाई वैधानिक मानेर सहकार्य गर्ने भन्ने अत्यन्तै जटिल परिस्थिति र द्विविधा सृजना भएको छ । संघको निर्वाचनको निश्पक्षता प्रमाणित नभए सम्म र परराष्ट्र मन्त्रालय बाट वैधानिकता प्राप्त नभएसम्म कुनै पनि समितिलाई हाम्रो आधिकारिक केन्द्रिय निकायको रुपमा स्वीकार गर्न अप्ठारो परिस्थिति सृजना भएकोले गत अक्टोवर १७-२० मा गरिएको अधिवेशन र अन्तराष्ट्रिय समन्वय परिषद्को निर्वाचनको निश्पक्षताका बारेमा पराराष्ट्र मन्त्रालय द्वारा गठित छानविन समितिले सवै पक्षलाई मान्य हुने र निश्पक्ष छानविन गरी सत्य तथ्य पत्ता लगाउन हामी राष्ट्रिय समन्वय परिषद् अमेरिकाका पदाधिकारीहरु परराष्ट्र मन्त्रालय समक्ष हार्दिक अनुरोध गर्दैछौं।
साथै संघलाई सबैको साझा र एकतावद्ध बनाउन आ-आफ्नो तर्फबाट सक्दो पहल गर्न पनि हामी सबै अभियन्ताहरुलाई हार्दिक पनि अपील गर्दछौं।
भवदिय,
गैर आवासीय नेपाली संध
राष्ट्रिय समन्वय परिषद् अमेरिकाको तर्फ बाट निवेदकहरु :
१. प्रेम तामाङ् ( उपाध्यक्ष )
२. ज्ञानेन्द्र गुरुङ् ( उपाध्यक्ष )
३. अनुप खनाल ( युवा उपाध्यक्ष )
४. राम हरि अधिकारी ( महासचिव )
५. सरोज सिक्देल ( कोषाध्यक्ष )
६. विष्णु बराल ( बोर्ड सदस्य )
७. रिता देवी प्रधान ( बोर्ड सदस्य )
८. नवराज न्यौपाने ( बोर्ड सदस्य )
९. लक्ष्मण दर्लामी( बोर्ड सदस्य )
१०. सस्स्वती शर्मा सरु ( बोर्ड सदस्य )
११. दुर्गा तिवारी ( बोर्ड सदस्य )
१२ . डा. गंगाघर आर्चाय ( बोर्ड सदस्य )
१३. मोहन कुसारी ( बोर्ड सदस्य )
१४. बल राई ( बोर्ड सदस्य )
१५. बासुदेव भट्ट ( बोर्ड सदस्य)
१६. महेन्द्र बस्नेत ( रिजनल च्यर मिड बेस्ट रिजन )
१७. बिष्णु खत्री ( रिजनल च्यर वेस्ट रिजन )
१८. सुरेन्द्र लौडारी ( फ्लोरिडा च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )
१९. ज्यान्गु शेर्पा ( ओरिगन च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )
२०. सुर्य बस्ताकोटी ( युट्ह च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य)
२१. राज कुमार हमाल ( विस्कन्सन च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य
२२. उत्तम बस्नेत ( क्यान्सास च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )
२३. कपिल शरण वाग्ले ( जर्जिया च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )
२४. सुन्दर माणि पौडेल ( केन्टकी च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )
२५. बिशाल कार्की ( भर्जिनिया च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )
२६. बलराम पोखरेल ( इलिनोय च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )
२७. दुर्गा प्याकुरेल ( नेभाडा च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )
२८. राजेन्द्र दाहाल ( न्यु मेक्सिको च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )
२९. सुदन थापा ( नर्थ क्यारोलिना च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )
३०. होता राम विक ( ओहायो च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )
३१. संतोष सुवेदी ( मिसिंगन च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )
३२. हरि ओझा ( क्यालिर्फोनिया च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )