एनआरएनए विवाद : के पाक्दै छ, परराष्ट्र मन्त्रालयमा ?
पेन्सिल्भेनिया । गैर आवासीय नेपाली संघ एनआरएनएको पछिल्लो समय देखिएको विवाद समाधानका लागि परराष्ट्रमन्त्री एनपी साउदले नै पहल थालेका छन् ।
अक्टोबर १९ मा सम्पन्न निर्वाचनमा त्रुटी भएको भन्दै रोकिएको अधिवेशन एकतर्फीरुपमा वद्री केसीले जितेको घोषणा गर्दै पदबहाली गरेको भन्दै अर्को पक्ष राजेन्द्र कुमार (आरके) शर्मा पक्षले आफूहरु आधिरिक भन्दै कमिटी घोषणा गरेका थिए ।
एनआरएनएको तालुकदार निकायको रुपमा रहेको परराष्ट्रमन्त्रालयमा वद्री केसी समूह र आरके शर्मा समूहले आधिकारिताको दावी गर्दै निवेदन दिएको २ महिना हुँदा पनि आधिकारिता पाएका छैनन् ।
यस अवधिमा दस दस वर्षमा नविकरण गर्नु पर्ने एनआरएनएको नविकरण पनि भएको छैन । जसका कारण संस्था अवैधानिक भन्दै चर्चा पनि चलेको छ । तर सामाजिक संस्था भएकाले काम कारबाहीमा कुनै असर नपर्ने मन्त्रालय स्रोतले समाजटाइम्सलाई बताएको छ । ११ औं अधिवेशनबाट २ वटा र १० औं अधिवेशनबाट छुट्टीएर गएको शेष घले समूह (विनोद कुँवर अध्यक्ष) गरेर अहिले एनआरएनए ३ वटा रहेका छन् । तीन वटैले आधिकारिता भने पाएका छैनन् ।
पछिल्लो समय प्रवाशमा बस्ने नेपालीहरुका बीचमा एनआरएनएमा आएको फुटका कारण पनि सबैलाई एकै ठाउँमा राख्नका लागि सरकारले पहल गरेको छ ।
यसकालागि परराष्ट्रमन्त्री एनपी साउदले सबै पक्षसँग छलफल गरेर निष्कर्ष निकाल्ने गरी अघि बढेको उनी निकट स्रोतले बताएको छ । यस विषयमा मन्त्रालयका कुनै पनि अधिकारीलाई बाहिर नबोल्न पनि निर्देशन दिएका छन् ।
छलफल सकारात्मक दिशातर्फ अघि बढेको भन्दै हप्ता दिनभित्रमा केही नयाँ कुरा हुने मन्त्री निकट स्रोतको दावी छ । मन्त्री साउदले पूर्व अध्यक्षहरु शेष घले, जीवा लामिछाने, उपेन्द्र महतो, कुल आचार्य लगाएतसँग छलफल गरेका छन् । पूर्व अध्यक्षहरु अहिले वद्री केसी समूहसँग असन्तुष्ट रहेकाले नयाँ तरिकाले संस्थालाई अघि बढाउने गरी सल्लाह दिएका छन् ।
पछिल्लो बैठकमा शेष घले उपस्थित नभएको चर्चा पनि चलेको थियो । तर, मन्त्रालयमा गर्ने छलफल गर घलेको फ्लाइट टाइमका विषयमा तारतम्य नमिल्दा घले उपस्थित नभएको र त्यसपछि निरन्तर सम्पर्ककै रहेको उक्त स्रोतले जानकारी दियो । अहिले तीन वटै एनआरएनएलाई मर्ज गरेर तदर्थ समिति बनाउने की भन्ने विषयमा बढी छलफल केन्द्रीत भएको छ ।
उता, वद्री समूहले भने तदर्थ समिति गठन गर्ने अधिकार अरुलाई नभएको र आफूहरु नै आधिकारिक एनआरएनए भएको दावी गरेको छ । अध्यक्ष केसीले केही कुरा मिलाउनका लागि साथीहरु नेपाल आएको कुरा थाहा भए पनि आफ्नो कुनै भेट नभएको निकटसँग बताउने गरेका छन् । उनले तदर्थ समिति गठनका लागि पूर्व अध्यक्षहरु लाग्नु हुन्छ भने संस्था जुटाउन नभई झन् फुटाउने रुपमा आफूले बुझ्ने धारणा राख्ने गरेको बताइएको छ।
अहिले पनि आफू संस्थालाई एक बनाउनका लागि तयार रहे पनि यसमा सबैको साथ हुनुपर्ने केसी निकट स्रोतको भनाई छ ।