दुर्गा प्रसाईं समूहको प्रदर्शनस्थल माइतीघर होइन

काठमाडौं । मंसिर ७ गते विहीबार काठमाडौंमा दुगर्मा प्रसाईं समूहले प्रदर्शन गर्ने स्थल काठमाडौं जिल्ला प्रशासन कार्यालयले तोकिदिएको छ ।
माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरेका बेला नेकपा एमालेको भ्रातृ संस्था युवासंघले पनि सोही दिन प्रदर्शन गर्ने घोषणा गरेको थियो ।
प्रदर्शनका लागि स्थानीय प्रशासनलाई दुवै समूहले जानकारी गराए पछि माइतीघर मण्डलामा प्रर्दशन गर्न रोक लगाएको थियो ।
युवा संघको कार्यक्रम तीनकुनेमा तय गरिएको छ भने आज मात्रै दुर्गा प्रसाईंको कार्यक्रमस्थल बल्खु तोकिएको छ ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले प्रसाईं समूहलाई बल्खु क्षेत्रमा प्रदर्शन गर्नका लागि स्थान तोकिएको जानकारी दिए ।