बारामा गोली प्रहारबाट एक जनाको मृत्यु
सिमरा । बारामा सोमबार दिउँसो गोली प्रहारबाट गम्भीर घाइते भएका व्यक्तिको मृत्यु भएको छ ।
गोली प्रहारपछि गम्भीर घाइते भएका बाराको एक बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको उपचारका क्रममा मृत्यु भएको बार प्रहरीले जनाएको छ । उनको घाँटी र टाउकोमा गोली लागेको थियो ।
स्वर्णकारको वीरगञ्ज स्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बाराको कलैया– ६ मदरसा टोलमा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक स्वर्णकारमाथि सोमबार दिउँसो मोटरसाइकलमा आएका अज्ञात ब्यक्तिहरुले गोली प्रहार गरेका भागेका थिए ।
घटनालगत्तै स्वर्णकारलाई कलैया प्रादेशिक अस्पतालमा लगिएकोमा थप उपचारका लागि बयोधा अस्पताल, वीरगञ्ज लगिएको थियो । गोली हान्ने कारण र समूहको भने पत्ता लागेको छैन ।