एनआरएनए चुनाव: विवादकै बिच डा. बद्री समूहले लियो शपथ

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया, अमेरिका / त्रुटिपूर्ण नतिजाको निक्यौल नगरी गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) डा. बद्री केसी समूहले पद तथा गोपनीयताको शपथ लिएको छ।
अक्टोबर १९ तारिखमा सम्पन्न निर्वाचनको नतिजा सार्वजनिक गर्ने क्रममा गम्भीर त्रुटि देखिएको थियो।
उपाध्यक्षको उम्मेदवार डा. केशव पौडेलले नेपालबाट पाएको मत शून्य देखिएको थियो। यस्तै कुल मतदाता भन्दा उम्मेदवारले पाएको मत धेरै देखिएको थियो।
त्यस पछि निर्वाचन आयोगले अर्को सूचना नभए सम्मका लागि भन्दै नतिजा सुनाउने प्रक्रिया स्थगित गरेको थियो।
अध्यक्ष त्रय डा. बद्री केसी, रवीना थापा र कुल आचार्यले पन अर्को सूचना नभए सम्मका लागि सबै प्रक्रिया स्थगित गरिएको सूचना जारी गरेका थिए।

तर शनिवार डा. केसी पक्षले एक तर्फी रूपमा पद तथा गोपनीयताको शपथ लिएको हो। शुरुवाती नतिजामा हारेका र पछि जिताइएका उपाध्यक्षका उम्मेदवार डा केशव पौडेलले भने सपथ लिएनन्।
प्रमुख निर्वाचन आयुक्त यादव प्रसाद ढुङ्गानाले पद तथा गोपनीयताको शपथ गराएका थिए। उनले निर्वाचनमा त्रुटि भएको भन्दै क्षमा मागेका थिए।
बद्री टिमले शनिवार नै काठमाडौँको बालुवाटार स्थित एनआरएनएको मुख्यालयमा पदभार गरेको जनाएको छ।
र यो पनि …