दसै मनाउन कालीप्रसाद र इन्दिरा पेन्सिल्भेनियाको ह्यरिसबर्ग आउँदै
|
Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग / चर्चित नेपाली गायक काली प्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी ‘दसैँ आयो’ साङ्गीतिक कार्यक्रमका लागि अमेरिका पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्ग आउने भएका छन्।
ए के इभेन्ट र ईनास पेन्सिल्भेनिाय च्याप्टरले अक्टोबर १५ तारिख आइतबार दसैँ आयो कार्यक्रम आयोजना गरेको हो।
एके इभेन्टका कार्यकारी निर्देशक आलोक कार्कीका अनुसार आइतबार साँझ साढे सात बजेबाट कार्यक्रम स्थलको ढोका खुल्ने छ। यसै गरी आठ बजेबाट कार्यक्रम सुरु हुने छ।
कार्कीका अनुसार ह्यारिसबर्ग मिडटाउन आर्ट्स सेन्टरमा मध्य रात सम्म कार्यक्रम चल्ने छ। काली प्रसाद र इन्दिराको कार्यक्रम सुरु हुनु अगाडी ह्यारिसबर्गका स्थानीय कलाकारले प्रस्तुति दिने छन्।









