एनआरएन चुनाव : उत्साहित आरके

दुबई । गैर आवासीय नेपाली संघ एनआरएनएको निर्वाचनको मिति नजिकिँदै जाँदा काठमाडौंमात्र होइन् एनसीसी रहेका देशहरुमा पनि चुनावी तापक्रम बढ्दै गएको छ ।
अहिले उम्मेदवारहरुले आफ्नो चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् । यसविचमा कर्मभूमी कतार बनाएका आरके शर्माले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि प्रचार प्रसारका लागि युरोपको यात्रा तय गरेर फर्किएका छन् । आसन्न निर्वाचनमा प्यानलगत प्रतिस्पर्धा हुने अवस्था निर्माण हुँदै गर्दा आरकेले आफ्नो प्यानल ९समूह० भने सार्वजनिक गरेका छैनन् ।
अहिले एक्लै उनी विभिन्न ठाउँमा पुगेर मत मागरेर कर्मभूमी फर्किएका छन् । अहिले डा।बद्री केसी, महेश कुमार श्रेष्ठले समूह बनाए पनि रविना थापा, आरके शर्मा, विनय अधिकारीले भने आफ्नो समूहका अन्य पदाधिकारीहरुको सूची भने सार्वजनिक गरेका छैनन् । अक्टोबर १२–१४ को बिचमा उम्मेदवारी दर्ताको समय रहेकाले आन्तरिक गृहकार्य भइरहेको आरके निकट एनआरएनए अभियन्ताहरुले बताएका छन् । अहिले केसीलाई नेकपा एमालेको श्रेष्ठलाई नेपाली कांग्रेस तथा शर्मालाई माओवादी निकटको साथ र समर्थन रहेको प्रष्ट देखिन्छ ।
समूह नबनाए पनि आफ्नो उम्मेदवारी प्रति सवैको सकारात्मक प्रतिक्रिया पाएको शर्माले बताए । बिगत सत्र बर्षदेखि आफु बिदेशमा रहेर बिशेष गरेर मध्यपूर्वमा रहँदै गर्दा आफुले पनि बिभिन्न समयमा चाडपर्व मनाउन नपाएको पिडाको महशुस आफुले पनि गरेको शर्माले बताए । ‘म यो अभियानमा हिडदै गर्दा ममतामयी आमा बिरामी पर्दापनि समयमा घर जान सकिन, तपाईहरु पनि यस्तो परिस्थितीबाट गुज्रिनु भएको होला’ भन्दै शर्मा आफ्नो सम्वोधनको क्रममा भावुक रुपमा प्रस्तुत भएका थिए ।
अवको नेतृत्व मध्यपूर्वमा आयो भने मात्र श्रमिकको हक, हितका निम्ति धेरै कार्य गर्न सकिने कुरामा शर्माले जोड दिएका थिए ।
सम्वोधनको क्रममा आफ्ना २४ प्रतिवद्धताहरु दोहोर्याउदै आफु बिजयी भएमा ति प्रतिवद्धताहरु इमान्दारीताका साथ पूरा गर्ने बाचा गर्न आफु दुबईलगाएतका ४० देशको भ्रमणमा पुगी डेलिगेट्स र एनआरएनए अभियन्तालाई आफ्नो बाचाहरु प्रस्तुत गरेको शर्माले बताए ।
गत हप्ताको बुधवार आफ्नो कर्मभूमि कतारको दोहामा अध्यक्षको उम्मेदवारी दिएपछि शर्मा साउदी अरब हुँदै बहराइन पुगेर युरोप भ्रमणमा निस्केका थिए । युरोपको करिब एक साता लामो भ्रमण सकेर शर्मा शनिवार बिहान दुबई पुगेका थिए ।
शर्माले अध्यक्ष पद मात्रै प्राप्त गर्ने आफ्नो अभिलाषा नभई योजनाबद्ध रूपमा कार्य गर्ने लक्ष्य सहित आफू संघको नेतृत्व गर्ने अभियानमा लागेको बताए । “गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मुल नारा बोकी शर्मा यतिखेर समर्थन जुटाउन चुनावी अभियानमा छन् । विश्व भ्रमणका बेला शर्माले गैरआवासीय नेपालीहरुका समस्यालाई नजिकबाट बुझेको बताए ।
शर्मा गैरआवासीय नेपाली अभियानमा सन २००५ देखि सक्रिय छन् । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको सल्लाहकारदेखि आइसीसी सदस्य, मध्यपूर्व संयोजक र आइसीसी सचिव भएर काम गरेका छन । हाल उनी संघको आइसीसी उपाध्यक्ष हुन् ।
नेपालको बाग्लुङ जिल्लामा मध्यम परिवारमा जन्मिएका शर्मा २० वर्षअघि सन २००३ मा कतार पुगेका थिए ।