‘लर्न टु अर्न मनी प्रोजेक्ट’ मा गएका नेपाली विद्यार्थी इजरायलमा आक्रमणमा परेको पुष्टि

पेन्सिल्भेनिया । इजरायलमा ‘लर्न टु अर्न मनी प्रोजेक्ट’ अन्तर्गत काम गर्न गएका नेपालीहरु युद्धमा परेको पुष्टि भएको छ । एक महिना अघि नेपालबाट ४९ जना विद्यार्थीहरु अध्ययनका साथै कृषि फर्मका लागि पुगेका थिए । तर, शनिबार विहानै विद्रोही समूह हमासले आक्रमण गर्दा अहिलेसम्म झण्डै दुई सय जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विद्रोहीको आक्रमणमा परेर नौ जना नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । नेपालीहरुको उद्दारको प्रयास भइरहेको पनि जनाएको छ । १४ नेपाली काम गरिरहेको एउटा फार्ममा पनि आक्रमण भएको जानकारी आएको परराष्ट्रले जनाएको छ ।
नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च इजरायलको अध्यक्ष गीता सुवेदकीको भनाइ यस्तो छ ।
आज विहान उठ्ने वित्तिकै सञ्जालमा हामील देख्यौं । लगभग १ महिना अगाडि नेपालबाट ४९–५० जना भाइबहिनीहरु आउनु भएको थियो । उहाँहरुको कलेज गाजा क्षेत्रको नजिकैको एरियामा कलेज र कृषि फर्म पनि त्यतै भएको हुनाले कृषि फर्मममा काम गरेर बस्नु भएको र त्यही बस्ने ठाउँको पनि व्यवस्था भएको हुनाले भाइबहिनीहरु तीन वटा कलेजमा गरेर बाँडिएर बस्नु भएको थियो ।
एउटा कलेजमा रहेका भाइबहिनीहरुबाट जानकारी आयो उहाँहरु अहिलेसम्म बंकरमै हुनुहुन्छ । उहाँहरुले खानपिन गर्न पनि पाउनु भएको छैन । उहाँहरुको चित्कार त्यतिकै छ । आज विहान कलेजमै प्रवेश गरेर आतंककारीहरुले गोली प्रहार गरेर घाइते बनाएका छन् ।
त्यहाँ कति जना नेपाली भाइ वहिनीहरु हुनुहुन्छ त्यो संख्या एकिन छैन । उहाँहरुले हामीसँगको फोनसम्पर्कमा हामीलाई बचाइ दिनुहोस भन्ने मात्र छ । हामी अहिले पनि प्रयासमा लागि रहेका छौं । नेपाली राजदूतावास, गैर आवासीय नेपाली संघ लगाएत हामीले प्रयास गरिरहेका छौं । त्यो ठाउँ नै अहिले आतंकावादी समूहको कब्जामा रहेकाले जान सकिएको छैन । कतिपय भाइवहिनीहरु फोन गरेकै कारणले अपहरणमा परेको पनि भनिएको छ । घाइते भएकाहरुको कसैको खुट्टा छैन त कसैको हात छैन भन्ने खबर आएको छ ।
दुई जनाको मृत्यु भइसकेको भन्ने पनि थियो तर अहिलेसम्म पुष्टि भएको छैन् । त्यसपछि भाइवहिनीहरुसँग सम्पर्क हुन सकेको छैन् । हाम्रो त केही लाग्न सकेको छैन । साथै यहाँको सरकारले पनि अहिलेसम्म केही गर्न सकेको छैन । त्यो क्षेत्रबाट सरकारले बेलुकासम्म रेस्क्यु गर्छ की भन्ने आशा भने गरेका छौं । कति भाइवहिनीहरु कुन अवस्थामा हुनुहुन्छ भन्ने कुराको अनविज्ञ छौं । हामीले नेपाली दाजुभाइ दिदी वहिनीहरुलाई सुरक्षितरुपमा बस्नका लागि आग्रह गरिरहेका छौं ।‘
प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी सदस्य तथा इजरायलको इन्चार्ज ज्योती शर्मा भन्छिन् ‘ नेपालबाट आउनु भएका ४९ जना भाइवहिनीहरु हुनुहुन्थ्यो । नेपालमा पनि संगठनमै काम गरेका भाइवहिनी भएकाले हामीसँग सम्पर्कमै हुनुहुन्थ्यो । आज विहान एक्कासी केही नेपाली बसेको ठाउँबाट आतंककारी पसेछन् । अरु अलि टाढा भएकाहरु त सेफ नै हुनुहुन्छ ।
१७ जना भएको फार्म अहिले हमासको कव्जामा परेको भनिएको छ । इजरायलमा हामी यतिका वर्ष बसिसक्यौ, अहिलेसम्म यसरी आक्रमण भएको थाहा थिएन । त्यहाँ परेका सात जना भाइहरुमा एक जनाको चार पाँच वटा औला गएको, एक जनाको खुट्टा गएको भन्नु भएको छ । त्यो सहरको मेयर नै मारिएका छन् भने उद्दारको पर्खामा रहेकाले पानी माग्नु भएको छ । उहाँहरुको त्यस्तो कुरा सुन्दा मुटुनै दुख्ने अवस्था छ । यहाँ नेपालीहरु ‘लर्न टु अर्न मनी प्रोजेक्ट’ अन्तर्गत आउनु भएको हो । इजरायलमा तीन दिनसम्म युद्ध भनेर आपतकालिन अवस्थाको घोषणा सरकारले गरेको छ ।’
राजदूतावासको उपनियोग प्रमुख अर्जुन घिमिरेको अपिल
‘केही समयमा इजरायली साइटबाट अप्रेसन सुरु हुँदै छ । त्यसले गर्दा जो जहाँ हुनुहुन्छ सुरक्षित रहनु होला । कतिवेलासम्ममा यो पूरा हुन्छ केही पनि थाहा छैन । रातभर तपाईंहरु त्यहाँ बस्नु पर्ने हुनुसक्छ । त्यस्तो भयो भने पनि तपाईंहरुले हौसला नगुमाउनु होला । त्यो क्षेत्र इजरायलले कब्जामा लिने प्रयास गरिरहेको छ ।’
परराष्ट्रको विज्ञप्ति
नेपाल सरकार इजरायलमा आज भएको आतंकवादी हमलाको घोर भत्सर्ना गर्दछ जसले बहुमूल्य मानवीय ज्यान गुमाउनुका साथै धेरै घाइते भएका थिए। यस महत्वपूर्ण घडीमा, हामी इजरायल सरकारसँग हाम्रो ऐक्यबद्धता व्यक्त गर्दछौं। नेपाल सरकार इजरायलका जनता र सरकारका साथै यस निर्मम हमलाका पीडितहरू र उनीहरूका परिवारहरूप्रति हार्दिक समवेदना र गहिरो समवेदना प्रकट गर्दछ। घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । १४ नेपाली काम गरिरहेको एउटा फार्ममा पनि आक्रमण भएको जानकारी आएको छ । नौ जना नेपाली घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
थप अपडेटहरू निश्चित समयमा गरिनेछ। इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग निकट सम्पर्कमा रहेको जनाएको छ । नेपालीको सुरक्षा, सुरक्षा र उद्धारका साथै घाइतेको उपचारका लागि पनि दूतावासले इजरायली अधिकारीसँग सम्पर्क र समन्वय गरिरहेको छ । स्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सतर्क रहन र अधिकारीहरूले सुझाव दिएको सुरक्षा उपायहरू पालना गर्न अनुरोध गरिएको छ।
इजरायलस्थित नेपाली राजदूतावासको सम्पर्क विवरण यस प्रकार छ:
टेलिफोन: +९७२(०)३५१६८०८५ राजदूत सुश्री कान्ता रिजाल +972545864423 प्रथम सचिव श्री अर्जुन घिमिरे +972528289300
इमेल: nepal.embassy@012.net.il
परराष्ट्र मन्त्रालय, सिंहदरबार