नोबेल शान्ति पुरस्कार इरानी अधिकारकर्मी नर्गिसलाई

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहमदीले पाउने भएकी छिन् ।
नोबल पुरस्कार समितिले, महिलाको स्वतन्त्रता रक्षामा विशेष योगदान गरेको भन्दै नोर्गिस मोहमदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्न घोषणा गरेको अन्र्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
‘इरानमा महिलाको शोषणविरुद्धको संघर्ष र सबैका लागि मानवअधिकार प्रबर्द्धनमा उनले गरेको लडाइँका लागि’ उनलाई पुरस्कृत गरिएको नोबेल कमिटीले भनेको छ ।
राज्यविरुद्ध प्रचार गरेकोलगायतका विभिन्न आरोपमा १२ वर्षको सजाय दिइएकी उनी अहिले तेहरानको एभिन जेलमा छिन् । उनी सन् २००३ मा नोबेल पुरस्कार जितेकी सिरिन एबादी नेतृत्वको डिफेन्डर्स अफ ह्युमन राइट्स सेन्टरकी उपाध्यक्ष पनि हुन् ।
नोबेल शान्ति पुरस्कारको १२२ वर्षको इतिहासमा यो पुरस्कार जित्ने उनी १९ औँ महिला हुन् । करिब १० लाख डलर को यो पुरस्कार डिसेम्बर १० मा नर्वेको ओस्लोमा वितरण गरिनेछ ।

सेप्टेम्बर २०२२ मा, इरानमा कुर्दिश युवती महसा जिना अमिनीको इरानी पुलिसको हिरासतमा हुँदा मृत्यु भयो। उनको मृत्युपछि इरानमा चर्को विरोध सुरु भएको थियो । जनताले इरान सरकारविरुद्ध कडा प्रदर्शन गरेका थिए ।
उनले महिला स्वतन्त्रताको माग गरे । उक्त प्रदर्शनमा लाखौं इरानी जनता सहभागी थिए । यस पूरै प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले महिला स्वतन्त्रताको समर्थन गरे र नरगिस मोहम्मदीको अभियानलाई पूर्ण समर्थन गरे। नर्गिस मोहम्मदीलाई इरानी पुलिसले इरानी सरकारविरुद्ध अपप्रचार गरेको आरोप पनि लगाएको छ।
उनी मानव अधिकार रक्षक केन्द्रकी उपप्रमुख हुन् । यो एक एनजीओ हो जुन शिरिन इबादी द्वारा बनाईएको हो । शिरिनले सन् २००३ मा नोबेल शान्ति पुरस्कार पनि पाएकी थिइन् ।