एनआरएनए अमेरिका: शुक्रवार मध्यरात बैठकको निर्णयमा बहुमतको विद्रोह !

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया, अमरेका/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको तेस्रो पूर्ण बैठकको निर्णय प्रति बहुमत सदस्यले विद्रोह गरेका छन्।
एनआरएनए अमेरिकाको शुक्रवार मध्यरातमा सम्पन्न म्याराथन बैठकले संरक्षक परिषद् र सल्लाहकार परिषद्मा नियुक्ति गर्ने निर्णय गरेको थियो।
निर्णयको माइन्युट औपचारिक रूपमा सार्वजनिक हुनु अगाडि आइतबार कार्यसमितिका पदाधिकारी र सदस्य गरी ३३ जना त्यस विरुद्ध उत्रिएका हुन्।
एनआरएनए अमेरिकाको बोर्ड ५७ सदस्यीय रहेको छ। शुक्रवारको बैठकमा ४४ जना उपस्थित भएको जनाइएको थियो। जसमध्ये २४ जनाले बोलेको र १६ जना अध्यक्षको प्रस्तावको विरुद्धमा रहेको जनाइएको थियो।
एनआरएनए अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडेले प्रमुख संरक्षकमा सुमन राज तिम्सिना र संरक्षकहरूमा शिव राई, उमा कार्की थापा, पशुपति पाण्डे र तिलक केसीलाई नियुक्त गर्ने प्रस्ताव पारित भएको सुनाएका थिए।
यसै गरी डा. तारा सिग्देल,दधि ढुङ्गाना,डा सञ्जु महतो,बाला घिमिरे र वासुदेव अधिकारीलाई सल्लाहकार परिषद्मा नियुक्त गरेको घोषणा गरेका थिए। सल्लाहकार परिषद्को अन्य २२ जनाको प्रस्ताव भने पारित हुन नसकेको जनाइएको थियो।
एनआरएनए अमेरिकाको म्याराथन बैठक: सुमन तिम्सिना प्रमुख संरक्षक नियुक्त, सल्लाहकारमा पाँच जना मात्र
बैठकको निर्णय आफूहरूलाई मान्य नहुने भन्दै सामूहिक विज्ञप्ति जारी गर्नेहरूमा तीन जना उपाध्यक्ष रहेका छन्। उपाध्यक्ष भानु खरेल र प्रेम तामाङ तथा युवा उपाध्यक्ष अनुप खनालले बैठकको निर्णय मान्य नहुने जनाएका छन्। ती उपाध्यक्ष मध्ये प्रेम तामाङ निर्वाचनमा डा. बन्जाडे टिमबाट विजयी भएका हुन्।
यसै गरी पदाधिकारीमा कोषाध्यक्ष सरोज सिग्देल पनि निर्णयको विरुद्धमा उत्रिएका छन्।
कार्यसमितिका ३३ सदस्यद्वारा जारी सामूहिक प्रेस विज्ञप्ति !
सम्पूर्णमा नमस्कार , गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका कार्यसमितिको ०९/ २८ / २०२३ को तेस्रो पूर्ण बैठकमा संरक्षक परिषद् ( Patron Council ) नियुक्त गर्ने प्रक्रियामा आफ्नो अभिमत राख्ने क्रममा २४ जना कार्यसमितिका सदस्यहरूले आफ्नो भनाई व्यक्त गर्नु भयो त्यस मध्ये १६ सदस्यहरूले प्रस्तावित महानुभावहरूको नियुक्तिमा केही असहमति जनाउनु भयो ।
यो स्वाभाविक पनि थियो किनकि उक्त प्रस्तावित नामहरू कार्यसमितिको दोस्रो बैठक बाट नै अध्यक्ष ज्युले पारित गर्न खोज्दा पारित हुन सकेको थिएन। उक्त बैठकमा प्रायजसो साथीहरूको भावनालाई समेटेर छलफल अगाडी बढाऔँ भन्ने थियो ।
अध्यक्षज्यूलाई सहयोग गर्न हामी सबै तयार पनि थियौ तर साथीहरू सँग छलफल नगरी सोही नामहरू फेरी आउँदा धेरै कार्यसमितिका साथीहरू अचम्ममा पर्नु भयो। लामो छलफलमा विगतमा एनआरएनए एनसीसी अमेरिकाको खिलाफमा रहेका व्यक्तिलाई नियुक्ति नगरौँ भन्ने साथीहरू ठुलो सङ्ख्या रहेकोले महासचिव ज्यूले अध्यक्षलाई यो प्रस्तावलाई के गरौँ भन्दा अध्यक्षज्यूले साथीहरूको भावना विपरीत यो पास भयो भन्नुभयो ।
यसरी अध्यक्षज्यूलाई सबै कार्यसमितिका साथीहरूले सहयोगको हात फैलाउँदा फैलाउँदै पनि निर्णय नितान्त गलत हुन गयो।पूर्णतः प्रजातान्त्रिक पद्धतिको खिलाफमा भयो ।
कुनै पनि कार्य समितिमा एजेन्डा पेस गरिसकेपछि छलफल हुँदा बहुमत सदस्यले अस्वीकृत गरिसकेपछि त्यो एजेन्डा पास भएको मानिन्छ की फेल ? यो सोचनीय र गम्भीर विषय भएको छ। त्यसैले यो निर्णय हामी तल उल्लेखित व्यक्तिहरू लाई मान्य छैन।
भानु खरेल ( उपाध्यक्ष )
प्रेम तामाङ् ( उपाध्यक्ष )
अनुप खनाल ( युवा उपाध्यक्ष )
सरोज सिक्देल ( कोषाध्यक्ष )
विष्णु बराल ( बोर्ड सदस्य )
रिता देवी प्रधान ( बोर्ड सदस्य )
नवराज न्यौपाने ( बोर्ड सदस्य )
लक्ष्मण दर्लामी( बोर्ड सदस्य )
सस्स्वती शर्मा सरु ( बोर्ड सदस्य )
दुर्गा तिवारी ( बोर्ड सदस्य )
डा. गंगाघर आर्चाय ( बोर्ड सदस्य )
मोहन कुसारी ( बोर्ड सदस्य )
बासुदेव भट्ट ( बोर्ड सदस्य )
बल राई ( बोर्ड सदस्य )
महेन्द्र बस्नेत ( रिजनल च्यर मिड बेस्ट रिजन )
विशाल कार्की ( भर्जिजिया च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )
प्रचण्ड श्रेष्ठ ( म्यासेच्युसेट च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )
सुरेन्द्र लौडारी ( फ्लोरिडा च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )
ज्यान्गु शेर्पा ( ओरिगन च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )
सुर्य बस्ताकोटी ( युट्ह च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य)
हरि ओझा ( क्यालिर्फोनिया च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )
राज कुमार हमाल ( विस्कन्सन च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य
उत्तम बस्नेत ( क्यान्सास च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )
कपिल शरण वाग्ले ( जर्जिया च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )
दिपेन्द्र गुरागाई ( टेक्सास च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )
सुन्दर माणि पौडेल ( केन्टकी च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )
बलराम पोखरेल ( इलिनोय च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )
दुर्गा प्याकुरेल ( नेभाडा च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )
राजेन्द्र दाहाल ( न्यु मेक्सिको च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )
सुदन थापा ( नर्थ क्यारोलिना च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )
कमल ढुङ्गाना ( न्यु हेम्सायर च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )
धन्यवाद ! जय एनआरएनए !
र यो पनि..
एनआरएनए अमेरिकाको म्याराथन बैठक: सुमन तिम्सिना प्रमुख संरक्षक नियुक्त, सल्लाहकारमा पाँच जना मात्र
नोट: महिला संयोजक सुनिता खत्री र ओहायो च्याप्टर अध्यक्ष होता राम विकले बैठकको निर्णय बिरुद्दमा आफ्नो नाम रहेकोमा असहमति जनाएकाले त्यो नाम संसोधन गरका छौ।