अन्तर्राष्ट्रिय तनहुँ समाज गठन,अमेरिकाका त्रिपाठी बने अध्यक्ष

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया,अमेरिका / मूल जन्म थलो तनहुँ जिल्ला भई विश्वभर छरिएकाहरू सङ्गठित भएका छन्। उनीहरूले ‘अन्तर्राष्ट्रिय तनहुँ समाज’ गठन समेत गरेका छन्।
तनहुँको विकासमा सामूहिक योगदान गर्ने उद्देश्यले प्रेरित भएर तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समिति औपचारिक रूपमा गठन गरिएको छ।
भर्चुअल मार्फत शुक्रवार भएको भेलाले अमेरिका निवासी राजन त्रिपाठीको अध्यक्षतामा कमिटी समेत गठन गरेको छ।
सहित ३० सदस्यीय कमिटीमा आठ उपाध्यक्ष रहेका छन्। कमिटीको महासचिवमा रविचन्द्र भट्टराई रहेका छन्। १४ जनालाई सल्लाहकार बनाइएको छ।
संसारभर छरिएर रहेका तनहुँ निवासीहरू बिच आपसी समन्वय गर्दै तनहुँमा ज्ञान, सीप, प्रविधि हस्तान्तरण, नयाँ बजार माग अनुरूपको शिक्षा, प्राविधिक सीप विकास र स्वस्थ जस्ता विषयमा विशेष जोड दिने उद्देश्य समाजले लिएको जनाइएको छ।
‘तनहुँको समग्र विकासमा तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समितिले भूमिका खेल्ने गरी यसलाई औपचारिक संस्थाको रूपमा विकास गर्ने र सोही बमोजिम अघि बढ्ने सामूहिक अवधारणा अनुरूप तनहुँ समाज आइसिसीको औपचारिक घोषणा सम्पन्न भएको थियो।’ समाज द्वारा जारी विज्ञप्तिमा भनिएको छ।
डा. बच्चु कैलाश कैनीको प्रमुख आतिथ्यमा भएको भेलामा विदेशमा रहेका तनहुँका प्रभुत्व व्यक्तिहरू डा. केशव पौडेल, डा. अलिनी पोख्रेल, वेद राज पराजुली, नेम थापा, विशाल गुरुङले सम्बोधन गरेका थिए। तनहुँ समाज अमेरिकाका सभापति किरण पन्तको सभापतित्वमा भेला भएको थियो।
तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समितिका पदाधिकारी
अध्यक्ष: राजन त्रिपाठी
वरिष्ठ उपाध्यक्ष : लेख गुरुङ
महासचिव: रविचन्द्र भट्टराई
उपाध्यक्ष: दीपक खड्का
उपाध्यक्ष: राजन अधिकारी
उपाध्यक्ष: दिनेश जोशी
उपाध्यक्ष: परशुराम अधिकारी
उपाध्यक्ष: राजनजंग शाही
उपाध्यक्ष: सुरेन्द्र प्रधान
उपाध्यक्ष: अनन्त सुवेदी
सचिव: रमेश पोखरेल
सचिव: सुरेन्द्र लौडारी
सचिव: पदम गिरी
खजाना: कपिल वाग्ले
संयुक्त कोष: मीरा पौडेल
सदस्यहरू:
बिनु बस्नेत
शिव गौतम
दीपक महत
गोविना अधिकारी
उद्धव जी.सी
राज गुरुङ
तेल गुरुङ हङकङ
सुमनराज नहारकी
दीपक राना मगर
कृष सुनार
रेशम श्रेष्ठ
नवराज बिके
मीनराज वाग्ले
सन्तोष रेग्मी
नीता अधिकारी
लीला भट्टराई
नारायण श्रेष्ठ
रमेश काफ्ले
राम सापकोटा
कुलप्रसाद रेग्मी
विष्णुप्रसाद गिरी
सरिता बानियाँ बस्नेत
दुर्गा अधिकारी
प्रवीण के.सी
प्रकाश राणा
बुद्ध कुँवर
रामजीवी पन्त
सन्तोषकाजी थापा
गोविना सुवेदी
अनिल गोदार
सल्लाहकारहरू:
अलिनी सुवेदी पोखरेल
अम्बिरराज जोशी
बच्चु कैलाश कैनी
डिल्ली पौडेल
करीम बख्श मिया
केशव पौडेल
मोहन गुरुङ
नारायण घिमिरे
नेम थापा मगर
प्रेमराजा महत
रोहित गुरुङ
शुक्र श्रेष्ठ
सुरेन्द्र खड्का
टंक पौडेल