प्राइमेरी डिबेटमा हेली र रामास्वामी चर्काचर्की
पेन्सिल्भेनिया । अमेरिकामा अर्को वर्ष हुन लागेको राष्ट्रपति पदको चुनावका लागि अहिले पार्टीबाट उम्मेदवार बन्ने दौडमा रिपब्लिकन पार्टीका नेताहरु लागि परेका छन् । डेमोक्रेटिक पार्टीबाट वर्तमान राष्ट्रपति जो बाइडेन नै उम्मेदवार बन्ने पक्का छ ।
अहिले खासगरी रिपब्लिकन पार्टीमा चुनाव लागेको छ । पार्टीको आन्तरिक प्रतिस्पर्धामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प मुख्य प्रतिस्पर्धी हुन् । तर उनी विरुद्ध अदालतमा मुद्दा चलिरहेकाले उनी नै उम्मेदवार बन्ने पक्का भने भइसकेको छैन ।
यस्तोमा रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदको दावेदारका रुपमा निक्की हेली र विवेक रामास्वामीले तयारी गरिरहेका छन् । सायद ट्रम्प नै उम्मेदवार बन्ने सम्भावना धेरै नै भए पनि पछिल्लो समय हेली र रामास्वामीविचको आपसी मतभेदले अमेरिकी सञ्चारमाध्यमहरुमा राम्रै स्थान लिइरहेको छ ।
निक्की हेलीले रामास्वामीलाई चिनियाँ एप टिकटकमा सामेल भएकोमा आलोचना गरेकी छिन् । उनले भनिन् ‘जब म तपाईलाई सुन्छु, म झनै मूर्ख महसुस गर्छु।’
दक्षिण क्यारोलिनाका दुई पटक गभर्नर र संयुक्त राष्ट्र संघका लागि पूर्व अमेरिकी राजदूत हेली बायोटेक व्यवसायी रामास्वामी (३८) को ठूला आलोचक हुन् । रिपब्लिकन पार्टीबाट दोस्रो राष्ट्रपतिको उम्मेदवार बन्ने प्राथमिक बहसका क्रममा यी दुईबीच चर्का चर्की भएको थियो । यो प्राइमरी बहस बुधबार क्यालिफोर्नियाको सिमी भ्यालीस्थित रेगन लाइब्रेरीमा आयोजना गरिएको थियो ।
दुई घन्टासम्म चलेको बहसमा दुवै प्रतियोगीहरु धेरै विषयमा एकअर्काको भिडमा देखिएका थिए । रामास्वामीलाई टिकटक प्रयोग गर्ने बारे प्रश्न सोधिएको थियो, जसको जवाफ हेलीले यो टिप्पणी गर्दै टिकटक एउटा भिडियो सेयरिङ एप हो जसलाई धेरै देशहरूले प्रतिबन्ध लगाएका छन्।
चीन सरकारसँग यसको मूल कम्पनीको सम्बन्धका कारण सरकारले जारी गरिएका उपकरणहरूमा टिकटकलाई प्रतिबन्ध लगाइए पनि किन टिकटकमा सामेल भए भनेर उनलाई सोधिएको थियो । हेलीले आलोचना गर्दै भनिन्, ‘१५ करोड मानिस टिकटकमा छन् । यसको मतलब तिनीहरूले तपाईंको सम्पर्क नम्बरहरू प्राप्त गर्न सक्छन्, तपाईंको वित्तीय जानकारी प्राप्त गर्न सक्छन्, तपाईंको इमेल प्राप्त गर्न सक्छन्।
यसअघि विवेक रामास्वामीले रुस विरुद्धको युद्धमा युक्रेनलाई समर्थन नगर्ने भन्दै आफ्नो पार्टीका प्रतिद्वन्द्वीहरुलाई आक्रोशित गरेका थिए ।उनको भनाइले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको धारणासँग मेल खान्छ जसले किभलाई दिएको महत्व देखाउँछ ।
बुधवार क्यालिफोर्नियामा दोस्रो रिपब्लिकन प्राइमरी बहसमा बोल्दै रामास्वामीले भने, (रूसी राष्ट्रपति भ्लादिमिर) पुटिन तानाशाह भएकाले युक्रेन राम्रो छ भन्ने होइन। यो त्यस्तो देश हो जसले ११ विपक्षी दलहरूलाई प्रतिबन्ध लगाएको छ । रामास्वामीको यो भनाइलाई पूर्व उपराष्ट्रपति माइक पेन्स, न्यू जर्सीका पूर्व गभर्नर क्रिस क्रिस्टी र दक्षिण क्यारोलिनाका पूर्व गभर्नर निक्की हेलीले चर्को आलोचना गरेका थिए ।उनीहरुले रुसको जित भनेको चीनको जित हो भनेर टिप्पणी गरे ।
रामास्वामीले यसमा असहमति जनाउँदै भने, चीन वास्तविक शत्रु हो । हामी रुसलाई चीनको नजिक धकेलिरहेका छौं । यसलाई अन्त्य गर्न हामीलाई वास्तविक शान्ति योजना चाहिन्छ ।