सुन आयातको सिमा राष्ट्र बैंकले बढायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्यवसायीलाई दैनिक आयात गर्न पाउने सुनको परिमाणको सिमा बढाएको छ ।
केन्द्रीय बैंकले एक परिपत्र जारी गर्दै अब २० किलोसम्म सुन ल्याउन दिने भएको हो । यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न दिइरहेको थियो ।
व्यवसायीको आग्रहअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको सीमा बढाउने निर्णयसहित केन्द्रीय बैंकलाई पत्राचार गरेको थियो । सोहीअनुसार केन्द्रीय बैंकले सुन आयातको सीमा बढाएको छ ।

