नेपालमा जातीय भेदभाव तथा छुवाछुत अन्त गर्न विदेशमा रहेका नेपालीले पनि सहयोग गर्नुपर्छ: भुवन सुनार,सांसद

पेन्सिल्भेनिया, अमेरिका / राष्ट्रिय सभाका सांसद भुवन सुनारले जातीय भेदभाव तथा छुवाछुत अन्त गर्न विदेशमा रहेका नेपालीले पनि सहयोग गर्नुपर्ने बताएका छन्।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन नेपाली संसदीय टिमको तर्फबाट अमेरिका भ्रमणमा रहेका सांसद सुनारले बुधवार समाज टाइम्स सँगको कुराकानीमा नेपालमा नेपालमा जारी जातीय विभेद र असमानता अझै भयावह नै रहेको बताए।
उनले विदेशमा रहेका नेपालीलाई सामाजिक सञ्जाल मार्फत आवाज उठाइदिन अनुरोध गरे।
‘देश बाहिर भएका नेपालीले ठुलो सहयोग गर्न सक्छन् भन्ने त देखियो, जातीय विभेदका विषयमा पनि कमेन्ट गरिदिनु पर्यो।’उनले भने। ‘सामाजिक सञ्जाल मार्फत आफ्ना परिवारलाई भनिदिन पर्यो जातीय विभेद गर्न भएन भनेर।’
सांसद सुनार सँगको भिडियो कुराकानी