राहत कोटाका शिक्षकहरुको आन्दोलन जारी
काठमाडौं । असोज ३ र ४ गते काठमाडौं केन्द्रीय आन्दोलन गरेपछि सरकारले शिक्षक महासंघसँग ७ बुँदे सहमति गरको थियो ।
तर, सहमतिपछि शिक्षक महासंघका प्रतिनिधिहरु विद्यालय सञ्चालन गर्नका लागि जिल्ला जिल्ला फर्किए पनि राहतकोटाका शिक्षकहरुले भने आन्दोलनलाई निरन्तरता दिएका छन् ।
उनीहरुले सरकार र शिक्षक महासंघबिचको सहमति आफूहरुलाई मान्य नहुने बताएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका थिए ।
यस्तो छ सरकार र आन्दोलनरत शिक्षकबीच लिखित सहमति (पूर्णपाठ)
सोही विज्ञप्तिका आधारमा आजको आन्दोलनमा विभिन्न संघर्ष समितिलगायत सम्पूर्ण शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुको सहभागिता रहेको थियो ।
राहत शिक्षकहरुको आन्दोलनका कारण आज भने काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यत भने हुन पाएन ।
सरकार र आन्दोलित शिक्षकबिच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता