सरकार र आन्दोलित शिक्षकबिच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता
काठमाडौँ । सरकार र तीन दिनदेखि काठमाडौँमा आन्दोलनरत शिक्षकहरूबिच ६ बुँदे सहमति भएको छ।
शुक्रवार अपराह्न भएको चौथो चरणको वार्ताबाट दुवै पक्षबिच ६ बुँदे सहमति बनेको हो। योसँगै शिक्षकहरूको सम्पूर्ण आन्दोलन स्थगित भएको छ ।
आन्दोलित शिक्षकहरू उक्त सहमतिमा हस्ताक्षर गर्न तयार भएसँगै अब आइतबारदेखि देशभरका विद्यालय खुल्ने भएका छन्।
प्रस्तावित शिक्षा विधेयकमाथि चर्को असन्तुष्टि राख्दै देशभरका शिक्षक तीन दिनदेखि आन्दोलनमा थिए ।