प्रधानमन्त्री दाहाल अमेरिकामा
न्यु योर्क। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्यु योर्क आइपुगेका छन्।
प्रधानमन्त्री प्रचण्डको टोलीलाई जोन एफ. केनेडि इन्टरनेशल अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्र सङ्घको लागि नेपालको स्थायी प्रतिनिधि लोक बहादुर थापाले स्वागत गरेका हुन्।
संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागी हुन शनिवार साँझ नेपालबाट हिडेका गरेका प्रधानमन्त्रीको टोली आइतबार न्यु योर्क आइपुगेको हो।
प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २१ तारिक (असोज ४) गते ७८ औँ महासभालाई सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री प्रचण्ड २२ तारिक गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ।
चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायत विषयमा दुई पक्षीय छलफल र समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
तस्बिरहरू : प्रदीपराज वन्त : प्रधानमन्त्रीको सचिवालय