‘सरकारका राम्रा कामको पनि प्रतिपक्षबाट गलत प्रचार भयो’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले, विपक्षले माओवादीले गरेको सकारात्मक कामको समेत गलत प्रचार गरेको आरोप लगाएका छन् ।
आइतबार काठमाडौँमा आयोजित अखिल नेपाल यातायात मजदुर सङ्घ उपत्यका ट्याक्सी विशेष समितिको चौथो सम्मेलनमा उनले विपक्षीले, राम्रा कामलाई गलत अर्थ लगाएर सानो सानो कुरालाई पनि समस्याको रूपमा खडा गर्ने गरेको आरोप लगाए ।
‘विपक्षले व्यवहारिक कुरा सानो सानो हाम्रो कमीका कुराहरू केही डङ्ग नपुगेका कुराहरू उठाएर ठुलो बनाइ दिएको हुन्छ । र हाम्रो उपलब्धिहरू कमजोर गर्ने हाम्रा राजनीति, हाम्रो परिवर्तन हाम्रो त्याग बलिदानलाई कमजोर बनाउने र भ्रमित पार्ने काम गरिरहेको हुन्छ । ’ उनले भने ।
अध्यक्ष प्रचण्डले, आफैँले भ्रष्टाचार विरुद्ध कदम चाल्दा चाल्दै पनि उनीमाथि नै दोष लगाउने काम भएको आरोप लगाएका उनले यस्ता भ्रमपूर्ण कुराहरूबाट सचेत रहनु पर्ने र आफूहरू यस्ता भ्रमपूर्ण कुराले नडराउने बताए ।